युरो कप :स्लोभाकियासँग २–१ गोल अन्तरले पोल्यान्ड पराजित

काठमाण्डौ। युरो कप फुटबलमा स्लोभाकियाले पोल्यान्डलाई २–१ गोल अन्तरले पराजित गरेको छ । गएराति भएको खेलमा स्लोभाकियाले पोल्यान्डलाई २–१ गोल अन्तरले पराजित गरेको हो ।

 

 

समूह ई मा रहेको स्लोभाकियाले जितसँगै तीन अङ्क बनाएको छ । स्लोभाकिया शीर्ष स्थानमा छ भने पुछारमा रहेको पोल्यान्डले अङ्क जोड्न सकेको छैन ।

 

 

गएराति भएको खेलमा स्वीडेनसँग बराबरीमा रोकिएपछि यही समूहमा रहेको स्पेन दोस्रो स्थानमा छ ।