मन्त्रालयका अनुसार नेपालमा ८८ प्रतिशत कोरोना संक्रमणमुक्त

काठमाडौं। विगत २४ घण्टामा दुई हजार ७४५ जना व्यक्तिमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसहित नेपालमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या ६ लाख १२ हजार २०२ पुगेको छ।

 

 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार गएको २४ घण्टामा थप चार हजार १८७ जना कोरोना सङ्क्रमित निको भएका छन्।योसहित नेपालमा कोरोना निको हुनेको सङ्ख्या पाँच लाख ४० हजार ४३९ जना पुगेको छ।

 

 

मन्त्रालयका अनुसार नेपालमा कोरोना सङ्क्रमणबाट निको दर ८८ दशमलव ३ प्रतिशत रहेको छ । यस्तै नेपालमा एन्टिजेन विधिबाट गरिएको परीक्षणमा २२ हजार ४०३ जना सङ्क्रमित भएका छन्।

 

 

 

यस्तै सक्रिय सङ्क्रमितको सङ्ख्या ६३ हजार २५७ मा झरेको छ।यस्तै मङ्गलबार थप ४१ जना सङ्क्रमितको मृत्यु भएको छ।

 

 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार मङ्गलबार सात हजार ४४९ जनाको पीसीआर र पाँच हजार ८४१ जनाको एन्टिजेन विधिबाट १३ हजार २९० जनाको कोरोना परीक्षण गरिएको थियो।

 

 

 

पीसीआर परीक्षणमा एक हजार ६८१ र एन्टिजेन परीक्षणमा एक हजार ६४ जना सङ्क्रमित पाइएका छन्।यस्तै काठमाडौँमा ४५५, भक्तपुरमा १६ र ललितपुरमा ७४ जना गरी उपत्यकामा ५४५ जना सङ्क्रमित थपिएका छन्।यो समाचार गोरखापत्र दैनिकमा छ।