भारतीय सेनाद्वारा गोर्खाली भर्तीमा नेपालीलाई रोक

काठमाडौं। भारतीय सेनाले गोर्खाली भर्तीमा नेपालीलाई रोक लगाएको छ । भारतीय सेनाले आफ्नो गोर्खा रेजिमेन्टमा नेपालीलाई रोक लगाउने र भारतीय गोर्खालीहरुलाई प्राथमिकता दिने नीति अन्तर्गत महिला मिलिट्री पुलिसमा नेपालीलाई भर्ना हुन रोक लगाएको हो ।

 

 

गएको मे महिनाको २८ तारिखमा भारतीय सेनाले १०० जना महिला मिलिट्री पुलिस भर्ना गर्नेगरी सूचना निकालेको थियो ।

 

 

सूचनामा नेपाली र भारतीय गोर्खालीहरु सहभागी हुन पाउने भनिएको थियो । तर, भारतीय सेनाले यसमा भर्ती हुन नेपालीलाई रोक लगाएको इन्टरनेशनल बिजनेस टाइम्सले जनाएको छ ।

 

 

गएको महिनाको अन्तिममा भारतीय सेनाले महिला सैनिकलाई जनरल ड्युटीको अनुमति दिइएको आफ्नो एकमात्र शाखाका लागि १०० महिला मिलिट्री पुलिस भर्ती गर्ने सूचना निकालेको थियो जसमा नेपाली र भारतीय गोर्खालीले आवेदन दिन सक्ने भनिएको थियो ।