बाजुरा जिल्लाका सय भन्दा बढी गाउँ पहिरोको उच्च जोखिममा

         सांकेतिक तस्वीर

काठमाडौ। लगातारको वर्षाले बाजुराका सयभन्दा बढी गाउँ बाढीपहिराको उच्च जोखिममा रहेका छन् । जिल्ला प्रशासन कार्यलय बाजुराका अनुसार नौ वटै स्थानीय तहका एक सय १६ बढी गाँउ बाढीपहिरोको जोखिममा रहेका छन् ।

 

 

 

जिल्ला विपद् व्यवस्थापन समिति, बाजुराले निर्माण गरेको जिल्ला विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना, २०७७ मा १ सय १६ गाँउ जोखिम रहेको जनाइएको थियो । त्यहाँ बसोबास गरिरहेका हजारौ परिवारलाई अन्य ठाँउमा सारिनुपर्ने माग उठेको छ ।

 

 

बाढी पहिरोका उच्च जोखिमा रहेका मध्य खप्तड छेडेदह गाँउपालिकामा १४ गाँउका ३ सय ३२ परिवार जोखिममा रहेका छन् ।

 

गाँउपालिका मेलतोला, आरुगडा, नाउली खोला गाँज्रा, बल्दे, घट्टेखोला धनाल्त, टुनीसैन गुईवन, चास्ला माडिखोला, छडिपाताल, गुम्लागाँउ उच्च जोखिममा छन् ।

 

 

त्यस्तै त्रिवेणी नगरपालिकामा १३ गाँउका ९ सय ७१ परिवार उच्च जोखिममा रहेको ति परिवारलाई अन्यत्र सारिनु पर्ने प्रतिकार्य योजनामा उल्लेख छ ।

 

 

नगरपालिकाको वडा नं १ मा रहेको विशाल बजारका १ सय ७० घरधुरी, वडा नम्बर २ को सिम्ला, सिन्नेकोट २ सय ७२ घरधुरी , वडा नं ४ को पीपलसैन राउतेलाका १ सय ५७ घरधुरी वडा ५ को किम्नी २ सय १७ घरधुरी लगायत परिवार जोखिममा रहेका छन् भने बुढीगंगा नगरपालिकामा २५ गाँउका ६ सय २५ परिवार उच्च जोखिममा रहेको जिल्ला प्रशासनसंग तथ्याङ्क रहेको छ ।

 

 

त्यस्तै पूर्वी उत्तरी क्षेत्रमा पर्ने बुढिनन्दा नगरपालिकाका १० गाँउ जोखिममा छन् । नगरपालिकाको पिपलडाली, साउने गाँउ, दैयाँ, मटेला, पारतोला, जङ्साल, रावतवाडा, कोल्टी बजार, घोडाकोट, भुलेना, सिराडी, नौलाकोटको गाँउ स्तान्तरण गरिनु पर्ने जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ ।

 

 

सोही क्षेत्रमा पर्ने जगन्नाथ गाँउपालिका मुसेखोला, तल्लो हुनी र बस्केना गरि ३ गाँउ उच्च जोखिममा रहेका छन् । त्यस्तै स्वामीकार्तिक खापर गाँउपालिकामा ९ गाँउ जोखिममा रहेका छन् ।

 

 

बर्कु, रुडी, जोरु, मुक्तिकोट सुपाना, पुडेनी, जुकु, वाइ, मिगु गाँउ जोखिममा रहेका छन्। त्यस्तै हिमाली गाँउपालिका ५ वटा गाँउ जोखिममा रहेका छन् ।

 

 

यता बडिमालिका नगरपालिकाका १५ गाँउ उच्च जोखिममा रहेका छन् । वडा नं ४ को तिपाडा, वलेना, जडाङ्गा, वडा नं ८ को रापक, बाउली गडखेत, २ को घागर, भौनेरा र मैमातोला ७ को चुथी जोखिममा रहेका छन्, ।

 

 

त्यस्तै जिल्ली, सिराडी, बथानलेख, वडा नं १ को सल्लेना, पाटा रहेका छन् । त्यस्तै जोखिममा गौमुल गाँउपालिका २१ गाँउका ३ सय ३२ परिवार उच्च जोखिम रहेका छन् ।

 

 

 

सहायक प्रमुख जिल्ला अधिकारी समीर भण्डारीले विपद् प्रतिकार्य तयारी व्यवस्थापनका लागि स्थानीय सरकार र सरोकारवाला निकायसँग निरन्तर समन्वय भइरहेको जानकारी दिए ।रासस,