शिक्षक र छात्रछात्रासहित ८० जनाको अपहरण

 काठमाडौं। नाईजेरियामा सशस्त्र आक्रमणकारीहरूले एउटा कलेजका ८० जना छात्रछात्रा तथा शिक्षकको अपहरण गरेका छन।

 

 

अपहरणमा पर्नेहरुमा छात्राको संख्या बढी रहेको छ। उनिहरुले एक पुलिस अधिकारीको पनि हत्या गरेका छन्। हमला बिहीबार बिहीबार केबी स्टेटको दुर्गम शहर बर्निन याउरीको फेडरल गवर्नमेंट कलेजमा भएको थियो।

 

 

एक महिना भन्दा पनि कम समयमा नाइजेरियाको स्कूल वा कलेजमा सशस्त्र गिरोहहरूले गरेको यो तेस्रो आक्रमण हो।

 

 

आक्रमणकारीहरु कलेजको ढोकाबाट भित्र पसेर विद्यार्थीको कक्षामा सिधा गएको रोयटर्स समाचार एजेन्सीले जनाएको छ।

 

 

पुलिसका प्रवक्ता नाफियु अबुबाकरले पुलिस र आक्रमणकारीहरूबीचको गोलीबारीको क्रममा एकजना पुलिस अधिकारीलाई गोली हानी मारिएको थियो भने विद्यार्थीलाई पनि गोली हानिएको थियो। गोली लागेका छात्रको उनको उपचार भैरहेको छ।

 

 

सुरक्षा बलले अपहरण गरिएको विद्यार्थी र शिक्षकहरूको नजिकैको जंगलमा खोजी गरेको थियो। घटनास्थलमा पुलिस पुग्दा विद्यार्थी र शिक्षकहरू रोइरहेको जनाईएको छ।