भारतीय सेनाले नेपाली महिलाका लागि आह्वान गरिएको सूचना सच्यायो

काठमाडौं। भारतीय सेनाले नेपाली महिलालाई भर्ति आह्वान गरिएको सूचना सच्याएको छ। भुलसुधारमा भारतीय गोर्खाहरुले मात्र भर्ना हुन पाउने उल्लेख छ।

 

 

गत मे २८ तारिखमा जारी गरिएको सूचनालाई लिएर राजनीतिक वृत्तमा तरंग सिर्जना भएको थियो। सरकारी स्रोतहरुले समेत परामर्श बिनै सूचना निकालेको भन्दै आपत्ति जनाएका थिए।