काठमाडौं उपत्यकाका तीन जिल्लामा आज देखि स्मार्ट लकडाउन,यी क्षेत्रहरू खुल्दै

काठमाडौं, असार ८ । गत वैशाख १६ गतेदेखि जारी निषेधाज्ञा आजबाट केहि खुकुलो सुरु भएको छ । पछिल्लो पटक सरकारले थपेको निषेधाज्ञा सोमबार रातीदेखि सकिएसँगै आजदेखि एक हप्ता स्मार्ट लकडाउन सुरु भएको हो ।

 

काठमाडौं, भक्तपुर र ललितपुरका जिल्ला प्रमुख, सीडीओहरूको बैठकले लकडाउनको मोडालिटी परिवर्तन गर्दै आजबाट एक हप्ता उपत्यकामा स्मार्ट लकडाउन सुरु गरेका हुन् ।

 

 

नीजि सवारी साधनमा जोर बिजोर र पसल व्यवसायलाई समय निर्धारण गरेर खुला राख्ने स्मार्ट लकडाउनलमा सार्वजनिक भाडाका सवारी भने चल्न पाउँने छैनन् ।

 

 

आजदेखि किराना, खाद्यान्न, तरकारी तथा फलफुल पसल, हार्डवेडर पसल, कृषिजन्य विउविजन तथा मलखादका पसल, पुस्तक तथा स्टेशनरी पसल लगायत सञ्चालनका लागि फरक फरक समय निर्धारण गरिएको छ ।

 

 

यसैगरी होटल तथा रेष्टुराँहरुलाई टेकअवे तथा होम डेलिबरी मात्रै सञ्चालनको अनुमती दिईएको छ ।

 

 

अबको साता जारी लकडाउन कायम राख्दै त्यसपछिको अवस्था मूल्यांकन गर्ने र स्वास्थ्य मापदण्ड कडाइका साथ पालना गराई केही क्षेत्र खुला गरिनुपर्ने सिडियोहरुको बैठकले निर्णय गरेको हो ।