केपी ओली संसार कै पहिलो कुलाङ्गार तथा भ्रष्ट प्रधानमन्त्री 

  केपी ओली नेपाल कम्युनिस्ट पार्टीको अध्यक्ष सहितको प्रधानमन्त्री हुन् । उनी अहिले संसार कै पहिलो कुलाङ्गार भ्रष्ट प्रधानमन्त्री हुन् । यो कुरा उनको यो तीन वर्षे कार्यकालमा दिनको घाम जत्तिकै छर्लङ्ग भएको छ । 
       
 
 
 
 
बहुदलीय संसदीय व्यवस्था भएका संसारका कुनै पनि मुलुकको जनताद्वारा निर्वाचित  प्रधानमन्त्री केपी ओली रुमानीयाका भ्रष्ट राष्ट्रपति चाउचेस्कु र  सन २००० को दशकको पेरुको राष्ट्रपति फुजि मोरी पछिको संसार कै पहिलो कुलाङ्गार तथा भ्रष्ट प्रधानमन्त्री र सरकार प्रमुखका रुपमा गणना भएका छन्। 
     
 
केपी ओली जस्तो आफ्नै पार्टीका नेता , कार्यकर्ताहरुलाई पार्टीबाट निकारेर , सबै अवसरबाट पाखा लगाएर , बञ्चित तुल्याएर पार्टी छोड्न विवस गराउँदै रुवाउने , आफ्नो पार्टी भित्र उत्पन्न विविध प्रकारका अन्तर्विरोधहरु र असहझदारीहरुलाई पार्टीको नेता सरकारको प्रधानमन्त्री कै हैसियतले एउटा पार्टी र सरकार सञ्चालनका विधि पध्दति बनाएर समाधान गर्ने , पार्टीलाई मिलाएर लैजाने , जसले गर्दा कोभिडे थिलो थिलो भएकोदेश र जनताको अन्तर्आत्मलाई सितल बनाउने कार्य गर्नुको सट्टा पार्टी बाहिरका विजातीय , भ्रष्ट र देशद्रोहीहरुलाई पार्टी भित्र्याए मन्त्री मण्डलको लाजै पचाएर माथि माथि राख्ने , पार्टी भित्रका पनि इमानदार नेता कार्यकर्तालाई पार्टी भित्रका बालुवाटारको जग्गा आफ्नो नाममा दर्ता गर्ने विष्णु पौडेल जस्ता , भ्रष्टाचार गरेको पैसा पानी टंकी भरेर राखेको र कोभिडको लागि चीनबाट आौषधि दरिदमा ४५ करोड भ्रष्टाचार गर्ने तत्कालीन उप प्रधानमन्त्री ईश्वर पोखरेल , स्वास्थ्य मन्त्री भानुभक्त ढकाल , विदेश सयर गर्ने बहानामा मुलुकको करोडौं पैसा आफ्नो बनाउने परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली  जस्ता भ्रष्ट मन्त्रहरु , सत्ता टिकाउनका निम्ति साना पार्टीका सभाषदहरु खरिदबिक्री गर्ने ४ नम्बर प्रदेशका तत्कालीन मुख्य मन्त्री पृथ्वी सुब्बा गुरुङ , लुम्बिनी प्रदेशका मुख्य मन्त्री शंकर पोखरेल जस्ता भ्रष्ट र कृते मुख्य मन्त्रीहरु र पार्टी भित्रका गुण्डा , अपराधी , हत्यारा , लुटेरा , बलत्कारी र महाभ्रष्टहरुलाई साथमा लिएर मुलुकको खरबौ राजस्व स्वाहा पार्ने र सत्तामा टिकिरहनको निम्ति आफैंले बनाएको संबिधान , ऐन, कानुन , विधि विधान समेतलाई मिचेर निर्कुशता लाद्ने र देश र जनतालाई बर्बादीको खाडलमा धकेल्न प्रयत्न गर्ने नेपालको मात्रै होइन , संसार कै पहिलो कुलाङ्गार र भ्रष्ट प्रधानमन्त्री मन्त्रीहुन  केपी ओली सफल भएका छन् ।
     
 
 
 
 
केपी ओलीकै यही तीन वर्षे कालमा मुलुकमा निर्मला पन्त , संझना बिक , भागिरथि भट्ट लगायत दर्जनभन्दा बढी चेलीबेटीहरुको बलत्कार पछ निर्मम तरिकाले हत्या भएको र ती बलत्कारी तथा हत्याराहरुलाई संरक्षण गर्ने काम केपी बाटै भए ।
 
 
ती हत्याराहरुलाई कानुनको कठघरामा ल्याएर हदैसम्मको कार्वाही गर्ने काम केपी ओलीकै कारणले हुन सकिरहेका छैनन् ।
   
 
 
त्यस्तै वाइडडबढी जहाज काण्ड , यति काण्ड , गोकर्ण काण्ड , प्रिन्टिङ मेसिन काण्ड , ललिता निवास काण्ड , ओमनी काण्ड,मल खरिद काण्ड , भ्याक्सिन खरिद काणका खरबौका भ्रष्टाचारीहरुलाई सख्त कार्वाही गर्नको सट्टा उल्टै केपी ओलीले सत्ता टिकाउने लोभले संरक्षण मात्र गरेको होइन उल्टै माथिल्लो ओहोदामा पुर्याउने गरेको अपराधपूर्ण कार्यहरु तीन करोड नेपाली जनताको मनमष्तिष्कमा रहेको छ ।
     
 
 
 
यति मात्रै कहाँ हो र ! सत्ता टिकाउनको निम्ति नागरिकता विधेयक ल्याएर नेपाललाई फिजीकरण र भुटानीकरणको बाटोमा अग्रसर बनाउने , भारतीय शासकहरुलाई खुसी पारेर सत्ता टिकाउनका लागि तराई , मधेस र चुरे पहाडको गिट्टी , बालुवा र माटो भारतलाई बेच्नको निम्ति राष्ट्रिय बजेटमै प्राबधान राख्ने गरेको गरेको कार्य कति लजास्पद हुन पुगेको छ ।
     
 
 
 
कोभिडबाट नेपाली जनताको ज्युधनको सुरक्षाको निम्ति वैदेशिक राष्ट्रहरुबाट प्राप्त भएको अनुदान र स्वदेशमै नेपाली जनताको स्तरबाट जम्मा हुन पुगेको खरबौको रकम कोभिड पिडीत जनतामा प्रयोग नगरेर आफ्ना आसेपासेहरु , गुण्डाहरुलाई प‍ोष्न र सत्ता टिकाउनमा प्रयोग गरेकै कारण समयमै आौषधि उपचार नपाएर हजारौं नेपाली नागरिकहरुले ज्यान गुमाउनु पर्यो भने लाखौं संक्रमित भएर थिलो थिलो हुन पुगेको कुरा कतैबाट छिपेको छैन ।
   
 
 
 
यस डेढ वर्षको अबधिमा यही भ्रष्ट , कुलाङ्गार र नालायक ओली सरकारकै कारणले हजारौं जनताले ज्यान गमाउन बाध्ये भए । लाखौं जनता संक्रमित भएर थिलोथिलो भइरहेका छन् ।
     
 
 
 
यही नालनयक , भ्रष्ट र कुलाङ्गार ओली सरकार कै नालायकीकै कारण मुलुककको अर्थ व्यवस्था डामाडोल हुन पुग्यो । उद्योग धन्दा , बन्द व्यापार , शिक्षा , स्वास्थ्य , यातायातको क्षेत्र शीर उठाउनै नसक्ने गरी   धाराशाही बन्न पुगेको छ।
     
 
 
 
भ्रष्ट तथा कुलाङ्गार ओली सरकार आफैमा दलाल सरकार हो र यो नालायक ओली सरकार माफियाहरुको , दलालहरुको सरकार , हतेयारा अपराधी , बलत्कारी , भ्रष्टाचारी , कालाबजारिया , कमिसन खोर , नाफाखोर , तस्कर , भूमाफिया , शैक्षिक माफिया , आौषधि माफिया , गुण्डाहरुको सरकार हो भन्ने कुरा बि एण्ड सि नामको मेडिकल कलेजलाई सम्बन्धन दिने जुन हर्कत गरेको देखियो , यसबाट प्रष्टै भएको छ । 
   
 
 
 
 
 सत्ता टिकाउन र  मध्याबधि चुनावको बहानामा लामो समयसम्म सत्तामा झुन्डिरहनका लागि मध्याबधि चुनावको निहुँ बनाएर , आफ्नै संविधानको बर्खिलाप गरेर , संविधानलाई मिचेर दुई दुई पटकसम्म संसद विघटन गर्ने , अदालतलाई आफ्नै काबुमा राख्ने , न्यायाधीशहरुलाई धम्की दिने , संवैधानिक अंगहरुलाई आफ्नो नियन्त्रणमा राख्ने , सर्वोच्च अदालतका आदेश र फैसलाहरुक‍ो अवज्ञा गर्ने , कसैलाई नटेर्ने , मैमत्त साँढे जस्तो भएर दुनियाँलाई कुल्चिदै हिड्ने मात जागेर अधिनायकवादी डण्डा जुन ठटाउँदै बेलगामका साथ दौडिननु , जुन कार्य भएको देखियो , यो दुनियाँका संसदीय व्यवस्था भएका मुलुकहरुकै बेइज्जत हो । 
   
 
 
 यसबाट के शिक्षा लिन जरुरी छ भने केपी ओली जस्ता कुलाङ्गारहरु शासक बन्न पुगे भने एउटा देश नेपाल  मात्र होइन , सौयौ देशहरुलाई भाँड्छन् ।
 
 
मिति : ९ असार २०७८ , काठमाडौं 
 
                                                           ( लेखक : वाम राजनीतिक विश्लेषक हुन् ।)