निर्देशककी छोरीले आमालाई सोधिन्,भर्जिनिटी गुमाउने सही उमेर कुन हो,यस्तो छ,उनकी आमाको जवाफ

काठमाडौ। बलिउडकर्मीका छोरा छोरीहरुलाई विभिन्न कारणले चर्चमा आइरहन्छन्। निर्देशक अनुराग कायश्पकी छोरी आलिया कायश्प यतिबेला चर्चमा छिन्।

 

 

उनले आफ्नो बुबा अनुरागसँगको भिडियो युट्युबमा सार्वजनिक गरेकी छन्। जहाँ, उनले सुरुमै प्रश्न गरेकी छन्, तपाइँकी छोरी लेस्बियन भएको थाहा पाउनु भयो भने तपाइँ के गर्नुहुन्छ?

 

 

जवाफमा अनुरागले भनेका छन्, जुन कुराको समझ तपाइँलाई छैन, त्यो कुराले कहिल्यै नडराउनुस्। सधैं पछाडि फर्केर नियाल्नुस्, तपाइँ विगतमा कस्तो हुनुहुन्थ्योरु अनि तपाइँलाई कस्तो लाग्छ यदि तपाइँको आमा बुबाले नै नसम्झिदिने हो भने।

 

केही समयअघि उनले आमा आरती बजाजसँग पनि यस्तै प्रश्नहरु सोधेर चर्चामा आएकी थिइन्। उनले आमालाई पहिलो किस कुन उमेरमा गर्नु भयो भनेर प्रश्न गरेकी छन्।

 

 

जवाफ आरतीले यसको जवाफ दिन चाहन्नँ भन्छिन्। तर भन्नैपर्ने बाध्यता आएपछि उनले १७ वर्षभन्दा कम उमेर हुँदै किस गरेको बताउँछन्। छोरी आलिया त्यतिमै रोकिँदैनिन्। सोध्छिन्,विहेअघि सेक्स गर्नु ठीक हो?

 

 

आरती फेरि अकमकाउँछिन्, अनि जवाफ दिन्छिन्, यो कुरा कहिल्यै बिर्सनु हुँदैन कि हरेक एक्सनको परिणाम हुने गर्छ। सेक्स भन्ने कुरा सही व्यक्तिका साथ हुनुपर्छ, जतिबेला तपाइँले आफू तयार भएको महसुस गर्नुहुन्छ।

 

 

लगत्तै उनले अर्को प्रश्न तेर्स्याउँछिन्, भर्जिनिटी गुमाउने सही उमेर कुन होरुु आरती भन्छिन्, मैले अघि पनि भनेँ, सही व्यक्तिसँग हुनुपर्छ, जब आफूलाई तयार भएको पाउनुहुन्छ।

 

 

 

यदि त्यसका लागि कुर्नुपर्छ भने कुर्नुस्, किनकि भर्जिनिटीको प्रुभ कसैलाई दिनुपर्दैन।२० वर्षीया आलिया शेन ग्रेगोयरसँग रिलेसनसिपमा रहेकी छन्।