विप्लव नेतृत्वको नेकपाको कार्यदिशा–माओवादलाई निषेध,वैज्ञानिक समाजवादको स्थापना

-हुकुमबहादुर सिंह

नेपालको सविधान २०७२को असफलतासँगै यसले अंगिकार गरेको संघीय लोकतान्त्रिक गणतन्त्रको पनि असफलता अगाडि आएको छ।

 

खासगरी यसको राजनीतिक प्रणाली संसदीय व्यवस्था र उदारवादी अर्थतन्त्र दुवैले देश र जनताका लागि सकारात्मक परिवर्तन नभई नकारात्मक असरहरु देखिएका छन्, परिणाम यसका विकल्पका वारेमा बहसहरु सुरु भएका छन् ।

 

विकल्पका वारेमा अनेकौ बहसहरु छन्, ती मध्ये यस लेखमा विप्लव नेतृत्वको नेकपाले ल्याएको जनमत संग्रह र वैज्ञानिक समाजवादको कुरालाई संक्षिप्तमा विश्लेषण गर्ने प्रयास गरिएको छ ।

 

 

 

किनभने प्रथम यसले जनमत संग्रह मार्फत नेपालमा वैज्ञानिक समाजवादको स्थापनाका गर्ने कुरा गरेको छ । द्धितीय माओवादको आलोकमा नभई त्यसको विरोधमा वैज्ञानिक समाजवादको स्थापनालाई अगाडि ल्याएको छ ।

 

 

तेस्रो जनमत संग्रहलाइ एकिकृत जनक्रान्तिको कार्यदिशाको एउटा महत्वपूर्ण खुडकिलो भनेको छ ।

 

 

के स्पष्ट हो भने संसदीय व्यवस्था कि वैज्ञानिक समाजवादका बीचमा गर्ने जनमत संग्रह बाट प्राप्त उपलव्धी भनेको बढीमा राजनीतिक व्यवस्था र सरकारमा परिवर्तन सम्म ल्याउन सक्ने हो ।

 

 

 

तर यसबाट सत्तामा कुनै पनि परिवर्तनको सम्भावना देखिदैन । जव कुनै क्रान्तिले पुरानो सत्तामा परिवर्तन ल्याएर जनताका लागि नयाँ सत्ताको स्थापना गर्दैन, त्यसलाई क्रान्ति मानिदैन ।

 

 

यसरी एकिकृत जनक्रान्तिलाई आफ्नो क्रान्तिको कार्यदिशा भनेर अगाडि सारेको एउटा राजनीतिक दलले जनमत संग्रहलाई एकिकृत जनक्रान्तिको एउटा महत्वपूर्ण खुडकिलो भनेपछि, अबको उसको राजनीतिक कोर्स त्यतैतिर सोझिने निश्चित छ ।

 

 

जनमत संग्रह किन भन्ने सवालमा नेपालमा वैज्ञानिक समाजवादको स्थापनाका लागि भनिएको छ । यो आफैमा अस्पष्ट र रहष्यमय छ ।

 

 

यसरी एकिकृत जनक्रान्ति, जनमत संग्रह र जनमत संग्रहमार्फत नेपालमा वैज्ञानिक समाजवादको स्थापनाजस्ता रुपमा नयाँ खालका राजनीतिक नाराहरु र कार्यनीति र रणनीती अगाडि ल्याइएको होकि भन्ने भ्रम केही बुद्धिजीवीहरुमा काफी पारिएको छ ।

 

 

तर सारमा के हो यो रु त्यसवारे विप्लव नेतृत्वको नेकपाबाट एउटै जवाफ दिएको पाइन्छ – त्यो भनेको एकिकृत जनक्रान्तिको कार्यदिशासँग जोडिने काम ।

 

पार्टीका दस्तावेजहरु, नेताहरुका लेखहरुमा काफिमात्रामा वैज्ञानिक समाजवाद र जनमत संग्रहबारे चर्चा गरिने गरिन्छ । ती मध्ये हालै इरातोखवर अनलाइनमा ‘वैज्ञानिक समाजवाद नै किन रु’ भन्ने लेख प्रकाशित गरिएको छ ।

 

 

त्यसमा नयाँ जनवादी क्रान्तिलाई चीनमा नै गलत प्रयोग गरिएको र त्यसकै प्रयोगले नै चीनमा प्रतिक्रान्तिको भौतिक परिवेश तयार पारेको भनेर चीनको नौलो जनवादको महत्व र आवश्यकताका विरोधमा व्याख्या गर्ने गरिएको छ ।

 

 

 

उक्त लेखमा यतिसम्म भनिएको छ कि नयाँ जनवादी क्रान्तिलाइ चीनमा प्रतिक्रान्तिको भौतिक परिवेश तयार पार्ने क्रान्ति भनेर वैज्ञानिक समाजवादको महत्वलाई प्रमाणित गर्ने गलत प्रयास गरिएको छ । यो स्पष्टतस् माओवाद माथिको आक्रमण नै हो ।

 

 

वैज्ञानिक समाजवादको महत्वलाई प्रमाणित गर्न गलत व्याख्याका साथ नयाँ जनवादी क्रान्तिको महत्वलाई इन्कार गर्ने जे जस्तो कोशिस गरिएको छ।

 

 

 

त्यसले माओवादलाई विश्व क्रान्तिको एउटा दार्शनिक, राजनीतिक, आर्थिक, सामाजिक र साँस्कृतिकआदि चौतर्फी महत्वको हथियार मान्ने माकर्सवाद–लेनिनवादको विकसित माओवादको आधारभूत मान्यतामाथि नै आक्रमण गरेको छ ।

 

 

नयाँ जनवादी क्रान्ति र वैज्ञानिक समाजवाद एक अर्कामा आधारित होइनन भन्ने भ्रमपूर्ण कुराहरु ल्याइएकोछ ।

 

 

चीनमा कार्यान्वयन गरिएको नयाँ जनवादी क्रान्तिका तीन प्रमुख आर्थिक नीतिहरू थिए जस्तै (१) सामन्त वर्गको जमिन खोस्ने र यसको किसानबीचमा वितरण, (२) दलाल पुँजीपतिको पुँजी खोस्ने र (३) राष्ट्रिय पुँजीपतिको उद्योग र वाणिज्यलाई संरक्षण ।

 

यीनै नीतिहरूको आधारमा १९५१मा, चीनीयाँ कम्युनिस्ट पार्टीले पुँजीवादबाट समाजवाद संक्रमणको अवधिका लागि समाजवादी निर्माणका निम्ति भनेर जनरल लाइन र पाइला–पाइला सामूहिकीकरणका रूपमा नाम राखिएको कार्यक्रम लागु गरेको थियो ।

 

 

यो अवधिका लागि निस्चित गरिएको आधारभूत लक्ष्य कृषि, हयान्डीक्राफ्टस, पुँजीवादी उद्योग र वाणिज्यको औधोगिकिकरणलाई पुरा गर्नु थियो ।

 

 

यो प्रक्रिया पुरा गर्नलाई लक्ष्य करीब १८वर्षहरू सेट गरिएको थियो । यसलाई गृह युद्धको हानी र विध्वम्सबाट पुनस्र्थापित गर्नका लागि पुनस्र्थापनाको तिन वर्षहरूमा विभाजित गरियो । साथै अर्थतन्त्रको योजनावद्ध विकासका लागि १५ वर्षमा पुरा गर्ने तेस्रो पञ्च वर्षिय योजना लागु गरियो ।

 

यो जनरल लाइन अनुसार, एउटा ‘चरण–बाई– चरण’ योजना कृषिको समाजवादी रूपान्तरणका लागि खिंचिएको थियो ।

 

 

पहिलो चरण किसानहरूलाई कृषि उत्पादकहरूको एक आपसमा सहयोग गर्ने टिमहरू जसमा केहि दर्जन अथवा बढता प्रत्येक घरधुरीहरू ।

 

 

यी टिमहरूमा टिमका सदस्यहरूबीच समाजवादका केहि मात्रै आधारभूत तत्वहरू जस्तै सहयोग र सद्भाव थिए । दोस्रो चरण यी एक आपसका सहयोगी टिमहरूका आधारमा किसानहरूलाई साना कृषि उत्पादनहरू सहकारीहरू संगठित गर्न आव्हान गर्नु थियो ।

 

 

यी सहकारीहरू प्रकृतिमा अर्ध–समाजवादी थिए र एकतावद्ध व्यवस्थाद्धारा र शेयरहरूको रूपमा जमिन लिएर ती जमिनको हैसियत कायम गरिएका थिए ।

 

 

अनि तेस्रो चरण किसानलाई यी साना अर्ध–समाजवादी सहकारीहरूको आधारमा अरू बढी जोडिने र ठूला पूर्ण समाजवादी कृषि उत्पादकहरूको सहकारीहरू संगठित गर्ने ।

 

 

यो आधारभूत ‘चरण–बाई– चरण’ योजनाको निहित आधारभूत सिद्धान्त स्वयमसेवी सहभागीता र पारस्परिक फाइदा थिए । किसानहरू सामूहिकीकरणको प्रक्रियामा स्वयमसेवी सहभागीतालाई अगाडि बढाउने गरिनु पर्ने थियो ।

 

 

पारस्परिक सहयोगी टिमहरूको पहिलो चरण क्रान्तिकारी आधारहरूमा सुरू गरिएको थियो क्रान्तिको राष्ट्रव्यापी विजय भन्दा पहिले समेत थियो ।

 

 

दोस्रो चरण प्राथमिक सहकारीहरूतर्फ १९५३–५५मा लियो । विकसित सहकारीतर्फको संक्रमणको तेस्रो चरण १९५६मा आयो । ग्रामिण क्षेत्रमा समाजवादी रूपान्तरणको एउटा सामान्य विद्रोह थियो ।

 

 

साथसाथै , १९५६को सुरू महिनाहरूमा, एउटा सोही वमोजिम मिल्दो आन्दोलन तीव्रताकासाथ अगाडि बढयो र व्यापारको राष्ट्रियकरणको प्रक्रिया पुरा गर्‍यो ।

 

 

यसरी चीनको उद्योग र व्यापार तालिकाको धेरै पहिले नीजी स्वामित्वबाट समग्र जनताको स्वामित्व हस्तान्तरण गरियो ।

 

 

जनरल लाइन आधारभूत रूपमा समाजवादी निर्माणको सोभियत मोडलमाथि आधारित थियो । १९५३–५७को पहिलो पञ्च वर्षीय योजनाको केन्द्रीय दिशा उद्योगमाथि खासगरी ठूला उद्योगमाथिको जोड थियो ।

 

 

अझ बढता पार्टीभित्र सबै सोभियत नीतीहरू आलोचना वीना हुबहु लागु गर्ने एउटा प्रवृति थियो । सोभियत संघमा आधुनिक संशोधनवादको उदयसित (खासगरी फरवरी १९५६मा सोभियत संघको कम्युनिष्ट पार्टीको बिसौ कंग्रेसपछि), चीनीयाँ कम्युनिष्ट पार्टीमा संशोधनवादी प्रवृतिहरू तुरून्तै बलिया हुँदै आएका थिए ।

 

 

 

परिणाम १९५६मा ‘हतारको विकासलाई विरोध’को व्यानरमा एउटा अभियान पार्टीभित्रबाट सुरू गरियो – त्यो भनेको समाजवादीकरणको प्रक्रिया ठप्प गर्नु थियो ।

 

 

सोही समयमा उत्पादीत शक्तिहरूको संशोधनवादी सिद्धान्तले जसको प्रमुख प्रतिनिधि पार्टी महासचिव, ल्यु साओ–ची थिए पार्टीभित्र प्रभुत्व प्राप्त गर्‍यो ।

 

 

 

यो प्रवृतिको प्रतिनिधिले ख्रुश्चेभवादी झण्डालाई उचाल्यो, वर्ग संघर्षलाई निषेध गर्‍यो र आधुनिक उत्पादीत शक्तिहरू, खासगरी ठूला उद्योगहरूमार्फत निर्माण गर्नेमा ध्यान केन्द्रीत गर्‍यो ।

 

 

उनीहरूको तर्क के थियो भने उत्पादित शक्तिहरू परिवर्तनका प्रमुख चालक हुन् र चीनमा उत्पादीत शक्तिहरूको पृष्ठभूमि यो थियो, जुन देशको विकासलाई पछाडि धकेल्ने एउटा प्रमुख कारक तत्व थियो ।

 

 

उत्पादन सम्वन्धमा हुने परिवर्तनहरूले त्यो समयसम्म पर्खनु पर्दछ जुन वेलासम्म उत्पादित शक्तिहरू काफि मात्रामा विकसित भइरहेका थिएनन् ।

 

 

कृषिको सहकारिकरणले त्यसवेलासम्म पर्खनु पर्दछ जुन वेलासम्म उद्योगहरूले ग्रामीण मेशिनीकरणका लागि मशिनरी प्रदान गर्दैन थियो ।

 

 

सबै यी प्रस्तावहरूले उत्पादन सम्वन्धहरू र वर्ग संघर्षको महत्वलाई निषेध गर्दथे । यसले संशोधनवादी र नोकरशाही प्रवृतिको वृद्धिलाई अगाडि लैजाने काम गर्दछ ।

 

सोभियत अनुभव देखेर र संशोधनवादी खतरा महसुस गरेर माओले तुरून्तै यी प्रवृतिहरूलाई हराउन एउटा संघर्ष आरम्भ गरे जसले त्यो समयमा पार्टीलाई नियन्त्रण गर्‍यो ।

 

 

उनको यो संघर्षमा पहिलो पहल १९५६ अप्रिलको उनको भाषण ‘दश प्रमुख सम्वन्धहरूबारे’ थियो । उनको भाषणमा, माओले पहिलो पटक समाजवादी आर्थिक निर्माणको सोभियत तरिकाको एउटा स्पष्ट आलोचना गरे ।

 

 

एकातिर ठूला उद्योगहरू र अर्कोतीर साना उद्योगहरूबीचको सम्वन्धलाई लिएर, माओले जोड दिए कि “हामीले सोभियत संघ र पूर्वी युरोपका केहि अन्य देशहरूले भन्दा राम्रो गरेका छौ ।

 

 

उनीहरूको ठूला उद्योगहरूलाई काँटछाँटमा जोड दिएर कृषि र साना उद्योगहरूलाई निषेध गर्नेको परिणाम बजारमा सामानहरूको अप्रयाप्तता र एउटा अस्थिर मुद्रा हुनु थियो ।

 

 

त्यसैगरी उनले “किसानहरूलाई खुम्च्याउदै एक दमै कठिनमा अवस्थामा लैजाने” सोभियत नीतिको आलोचना गरे ।

 

 

उनले चीनीयाँ कम्युनिष्ट पार्टीभित्रका कठमूल्लावादीहरू, जसले सोभियत संघ र अन्य समाजवादी देशहरूका अनुभवबाट सिक्ने क्रममा “भेदभाव नगरी प्रत्येक चीजलाई नक्कल गर्ने र यान्त्रीक रूपले प्रत्यारोपन गर्ने” माथि आक्रमण पनि गरे ।

 

 

उनले तीनीहरूको पनि आलोचना गर, जसले स्तालिनमाथि अविवेकि आलोचनामा ख्रुश्चेभको उदाहरणलाई अनुसरण गर्दथे । उनले स्तानिलाई ७० प्रतिशत उपलब्धी भएका एउटा महान माक्र्सवादीको रूपमा उँचा उठाए ।

 

 

यसरी सोभियत संशोधनवादीहरूको आलोचना र सोभियत समाजवादी निर्माणमा भएका कमजोरीहरूको यो अनुभवमार्फत, माओले चीनीयाँ कम्युनिस्ट पार्टी भित्रका उत्पादन शक्तिहरूको त्यसवेला प्रभावित संशोधनवादी लाइनका विरूद्ध संघर्षको नेतृत्व गरे ।

 

 

यद्धपि माओको भाषणको सबैभन्दा ठूलो उपलब्धी समाजवादी निर्माण र समाजवादी योजनाको प्रक्रियाको बुझाइको यसको प्रमुख विकास थियो ।

 

दश प्रमुख सम्वन्धहरूको रूपमा समाजवादी निर्माणको समस्याहरू प्रस्तुत गरेर, माओले समाजवादी समाज निर्माणको प्रक्रियाको केन्द्रमा द्धन्द्धवाद र अन्तरविरोधहरूलाई ल्याइदिए ।

 

 

उनले देखाए कसरी समाजवादी निर्माणले केबल लक्ष्यहरूका यान्त्रिक कार्यान्वयनको उत्पादन र वितरण मात्रै संलग्न गर्दैन्, बरू प्रक्रियामा प्रमुख अन्तरविरोधहरू र समाजवाद प्राप्तीका लागि सबै सकारात्मक शक्तिहरूको परिचालनको एउटा द्धन्द्धवादी बुझाइ पनि संलग्न गर्दछ ।

 

 

 

यसरी उनले भने, “यो भनेको एउटा आधारभूत नीतिमाथि केन्द्रीत गर्ने हो, सबै सकारात्मक शक्तिहरू आन्तरिक र बाह्य, समाजवादको कामलाई सेवागर्नका लागि परिचालनको आधारभूत नीति हो ।

 

 

यी दश सम्वन्धहरू सबै अन्तरविरोधहरू छन् । विश्वले अन्तरविरोधहरू ग्रहण गर्दछ । अन्तरविरोधहरूविना विश्वको अस्तित्व नै रहदैन् । हाम्रो काम यी अन्तरविरोधहरूलाई ठिकसित चलाउने हो ।

 

माओले यसवारे अर्को सालमा उनले ज्यादै महत्वको विषय जनताको बीच अन्तरविरोधहरूको सही सञ्चालनबारेमा लेखिएको लेखमा उल्लेख गरेका छन् ।

 

 

यसमा उनले समाजवादी निर्माणको प्रक्रियाको द्धन्द्धात्मक बुझाइको विकासलाई निरन्तरता दिएका थिए । प्राथमिक रूपमा उनले वर्ग संघर्षलाई प्रक्रियाको एक दमै केन्द्रीय भागमा राखेका छन् ।

 

 

उनले जोड दिएका थिए कि “ वर्ग संघर्ष कुनै पनि तरिकाले अन्त्य भएको छैन् , जसको प्रश्न हार वीना हुनेछ, समाजवाद वा पुँजीवाद, वास्तविकरूपले अझै समाधान भएको छैन् ।

 

 

यसरी उनले पार्टीमा संशोधनवादी पक्षहरूका विरूद्ध संघर्षको सुरूवात गरे, जसले समाजवाद अन्तरगत वर्ग संघर्ष लामो समयसम्म अतित्वमा रहदैन् भनिरहेका थिए ।

 

 

यसले देशभर एउटा सुद्धिकरण आन्दोलन, संशोधनवाद विरोधी आन्दोलनको सुरूवातको सन्देश दियो । यो अवधिका दौरान धेरै उच्चस्तरीय कार्यकर्ताले जनताका अगाडि उभिएर उनीहरूको आफ्नो आत्मआलोचना गर्नु पर्ने थियो ।

 

 

लाखौ विद्यार्थीहरूले आफूलाई मजदुरहरू र किसानहरूसित एकाकार हुनका लागि शारिरिक श्रममा लगाए, सबै पार्टी क्याडरहरूले कारखानाहरूमा र कृषि सहकारीहरूमा शारिरिक श्रममा भाग लिनु पर्‍यो, उनीहरूका कारखानाहरूमा निर्माण गर्ने काममा सहभागी हुन थाले, र किसानहरूबीचमा एउटा समाजवादी शिक्षा अभियान सुरू गरियो ।

 

 

यो प्रक्रियामार्फत पार्टीलाई जनताको नजिकमा ल्याइयो र बढिरहेका दक्षिणपन्थी प्रवृतिहरू, पार्टीभित्र र बाहिर दुवैतीर जाँच गरियो ।

 

 

यसरी माओको समाजवादी निर्माणको प्रक्रियाको द्धन्द्धात्मक पद्धतिलाई वङगयाउने गरी (गलत अर्थ लाग्ने गरी) विप्लव नेतृत्वका दस्तावेज तथा लेखहरुमा र खासगरी भरखरै प्रकाशित इरातोखवर अनलाइनमा ‘वैज्ञानिक समाजवाद नै किन?

 

 

 

भन्ने लेखमा सन् १९३६को वोरीपरी माओले अगाडि सारेको नयाँ जनवादी क्रान्तिको बाटो क्रान्तिको विजय पछिको ६ वर्षपछि तुरुन्तै बदल्नु परेको थियो भनेर लेखकले माओवादको एउटा महत्वपूर्ण विकास नौलो जनवादी क्रान्तिको विकासक्रममा वैज्ञानिक समाजको विकासको आवश्यकतामाथि नै आक्रमण गर्ने गरेको पाइन्छ ।

 

 

 

यो भनेको विप्लव नेतृत्वको नेकपाको माओवादलाई क्रमसस् छाडने एउटा गलत मार्ग हो । सारमा माओवाद माथिकै आक्रमण हो । माओवादलाई निषेध गर्दै वैज्ञानिक समाजवादको स्थापना गर्ने कल्पना हो ।