के यौन सम्पर्कका कारण कोरोना सङ्क्रमण सर्न सक्छ,यस्तो छ,कारण

काठमाडौं। बिश्वभर कोरोनाको प्रकोप बढेको छ । यौन सम्पर्कका कारण कोरोनाभाइरस सङ्क्रमण सर्न सक्छ? यस विषयमा बीबीसी रेडिओ वनको न्यूजबीटले डा.एलेक्स जर्जलाई सोधेका छन् ।

 

 

डा।एलेक्स जर्ज यसो भन्छन्, यदि तपाईँ सम्बन्धमा हुनुहुन्छ र त्यो मानिससँगै बस्नुहुन्छ र एउटै वातावरणमा रहनुहुन्छ भने तपाईँले यौन व्यवहारमा परिवर्तन गर्नुपर्दैन ।

 

 

तर यदि तपाईँहरूमध्ये एक जनामा कोरोनाभाइरसको लक्षण देखिएको छ भने तपाईँले घरमै पनि एकान्तवासमा बस्नुपर्छ। सबैभन्दा राम्रो त घरभित्रै पनि सबै जना एकअर्काबाट दुई मिटरको दूरीमा बस्नुपर्छ तर त्यो सधैँ सम्भव नहुन सक्छ।

 

 

उनी भन्छन् यदि तपाईँलाई लक्षण देखिएको छ भने टाढा रहनु नै उचित हुन्छ। यो अवस्थामा नयाँ मानिससँग यौन सम्पर्क राख्ने सल्लाह दिन्नँ। किनभने त्यसो गर्दा कोरोनाभाइरस सर्न सक्ने सम्भावना हुन्छ।

 

 

उनले भने के नबिर्सिनुहोस् भने कोरोनाभाइरस भएका केही मानिसहरूमा लक्षण देखिएको हुँदैन। त्यसैले तपाईँ एकदमै ठिक देखिनुभएको छ भने पनि तपाईँबाट अरूमा चुम्बनबाट पनि भाइरस सर्न सक्छ।

 

 

उनका अनुसार अहिलेको अवस्थामा भाइरस सर्न सक्ने सबै खाले कुराहरू नगर्नु नै उचित हुने बताएका छन् ।