३९ ग्राम ब्राउनसुगरसहित एक पक्राउ

काठमाडौं। झापाको काँकडभिट्टाबाट ब्राउनसुगरसहित एक जना पक्राउ परेका छन्। लागुऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाको टोलीले मेचीनगर–५ पीपलचोकबाट २९ वर्षीय रामबहादुर निरौलालाई बिहीबार पक्राउ गरेको हो।

 

 

उनको साथबाट ३९ ग्राम ब्राउनसुगर फेला परेको झापाका प्रहरी उपरीक्षक सानुराम भट्टराईले बताए।

 

 

शंकास्पद लागेर निरौलालाई चेकजाँच गर्दा ब्राउनसुगर र नापतौल गर्न प्रयोग हुने डिजिटल तराजु पनि बरामद गरिएको भट्टराईले बताए।

 

 

उनलाई लागुऔषध सम्बन्धी कसुरको मुद्दामा हिरासतमा राखी अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।