प्रदेश मन्त्रिपरिषद पुनर्गठन माग गर्दै,उच्च अदालत जनकपुरधाममा रिट

काठमाडौं। प्रदेश नं. २ मा गरिएको मन्त्रिपरिषद् विस्तार समावेशी बनाउन माग गर्दै उच्च अदालत जनकपुरधाममा रिट दर्ता गरिएको छ ।

 

 

प्रदेश प्रमुख, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, मुख्यमन्त्री लालबाबु राउत, भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादव, खानेपानी तथा ऊर्जा विकास मन्त्री ओमप्रकाश शर्मा र महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्री वीरेन्द्रकुमार सिंहलाई विपक्षी बनाएर दायर भएको रिट निवेदनमा एड्भोकेसी फोरमका प्रदेश २ संयोजक समेत रहेका अधिवक्ता राजकुमार महासेठ र अमितकुमार पण्डितले नेपालको संवैधानिक व्यवस्थाको प्रभावकारी कार्यान्वयन एवं सार्वजनिक सरोकारको रूपमा रहेको मौलिक हक समेतको कार्यान्वयनका लागि संविधानका विभिन्न धाराबमोजिम समावेशिताको पालना हुनुपर्ने जिकिर गरेका छन् । रासस