मोटरसाइकलबाट खसेका युवकको उपचारका क्रममा मृत्यु

सांकेतिक तस्विर

काठमाडौं। पर्वतको कुश्मा नगरपालिका–७ खरेहामा मोटरसाइकलबाट खसेर एकजना युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा मोदी गाउँपालिका–५ बाजुङका १७ वर्षीय अर्जुन कुँवर रहेका छन् ।

 

 

मोदीबाट कुश्मातर्फ आउँदै गरेको ग २० प २३०५ नं.को मोटरसाइकल खरेहामा आइपुग्दा डिभाइडरमा बिहीबार ठोक्किँदा पछिल्लो सिटबाट खसेका कुँवर गम्भीर घाइते भएका थिए ।

 

 

उपचारका क्रममा आज बिहान गण्डकी अस्पताल पोखरामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएकाे छ।