माओवादी केन्द्रले कारबाही गरेका जनप्रतिनिधिलाई राहत,सर्वोच्चले दियो यस्तो आदेश

काठमाडौं। माओवादी केन्द्रबाट निर्वाचित भई पछि दल त्याग गरेका स्थानीय तहका जनप्रतिनिधिलाई कामकाज गर्न दिन बाटो खुलेको छ ।

 

 

सर्वोच्च अदालतले आज मंगलबार अन्तरिम आदेश जारी गरेसँगै बाटो खुलेको हो ।

 

 

न्यायाधीश कुमार चुडालको इजलासले माओवादी केन्द्र परित्याग गरेपछि कारबाहीमा परेका रौतहटको मौलापुर नगरपालिकाकी मेयर रीनाकुमारी साह र कटहरिया नगरपालिकाका मेयर सियाराम कुशवाहलाई कामकाज गर्न दिन अन्तरिम आदेश दिएको हो ।