नेपालमा थप २८९२ जनामा कोरोना संक्रमण पुष्टि,थप ३,५९७ जना संक्रमणमुक्त

काठमाडौं। नेपालमा थप २८९२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। मन्त्रालयका अनुसार ११ हजार ५६८ जनामा गरिएको परीक्षणमा सो संख्यामा संक्रमित थपिएका हुन् ।

 

 

मन्त्रालयका अनुसार ७ हजार १८७ जनामा आरटी पीसीआर र ४ हजार ३८१ जनामा एन्टिजेन परीक्षण गरिएको थियो। यसमध्ये पीसीआरबाट १ हजार ८८९ र एन्टिजेनबाट एक हजार ३ जनामा संक्रमण पुष्टि भएको हो।

 

 

यस्तै आज थप नेपालमा ४१ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै मृतकको संख्या ९ हजार ११२ पुगेको छ। पछिल्लो २४ घण्टामा ३ हजार ५९७ जना संक्रमित कोरोनामुक्त भएका छन्।