राउटे युवतीमाथि यौन दुर्व्यवहार गर्ने तीन जना जेल चलान

काठमाडौं। राउटे युवतीमाथि यौन दुर्व्यवहार गरेको अभियोगमा पक्राउ परेका तीन जनालाई कारागार चलान गरिएको छ।

 

 

बुधवार उनीहरूलाई पुर्पक्षका लागि कारागार चलन गरिएको सुर्खेत जिल्ला अदालतले जनाएको छ ।

 

 

 

बुधवार न्यायाधीश डिलप्रकाश सापकोटाको एकल इजलासले दुई जना राउटे युवतीलाई होटलमा लिएर मदिरा खुवाइ यौन दुर्व्यवहार गर्ने गुर्भाकोट नगरपालिका दोमनबहादुर घर्ती, भूपेन्द्र बुढा र होटल सञ्चालक विनोद पुनलाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको हो ।

 

 

 

अदालतका स्रेस्तेदार यमप्रसाद बास्कोटाले बुधवार अदालतले उनीहरूलाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको जानकारी दिए ।

 

 

यौन दुर्व्यवहार गरेको भिडियो बाहिरिएपछि गएको जेठ २३ गते उनीहरूलाई प्रहरीले पक्राउ गरेको थियो ।