ओली सरकारले तत्काल निःशुल्क खोप उपलब्ध गराउन अखिल (क्रान्तिकारी)को माइतीघर मण्डलामा विरोध प्रदर्शन(फोटो फिचरसहित)
काठमाडौँ। नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल (क्रान्तिकारी)ले शुक्रबार सरकारविरुद्ध माइतीघर मण्डलामा प्रदर्शन गरेको थियाे ।
त्यस्तै अध्यक्ष हिकृष्ण गजुरेलले शिक्षा र स्वास्थ्यमा भएकाे नीजिकरण, व्यपारिकरण, दलालीकरण र माफियाकरणको अन्त्य नगरे सम्म सबैलाइ निःशुल्क शिक्षा र स्वास्थ्यकाे व्यवस्था हुन नसक्ने बताएका छन्।
त्यस्तै अखिल (क्रान्तिकारी) ले आज कोभिडविरुद्धकाे निःशुल्क खोप,लिपुलेक कालापानी,लिम्पियाधुरा सहितको नक्सा पाठ्यक्रममा राख्नुपर्नेलगायतका माग राख्दै प्रदर्शन गरेको थियाे।
केन्द्रिय अध्यक्ष हरिकृष्ण गजुरेलले आम नेपाली नागरिकलाई ओली सरकारले तत्काल निःशुल्क कोभिड खोप दिनुपर्ने माग गरेका थिए ।
उनले निजी अस्पतालदेखि शैक्षिक संस्थाहरूले समेत ब्रम्हलुट गरिहँदा सरकार मौन बसेको भन्दै विराेध गरेका थिए।
त्यस्तै उपाध्यक्ष सिलु न्यौपानेले प्रधानमन्त्री ओलीले सत्ताका लागि झुटो खेती गरेर जनातालइ ठगि रहेकाे बताइन भने नेकपा माओवादीका अध्यक्ष प्रचण्डले अहिले लुट्न नपाएर सडकमा आएर नाटक गरि रहेकाे आराेप लगाएकी छन्।