यौन जीवन सुधार्न चाहनुहुन्छ,यी ५ खानेकुराहरू खानूस्

काठमाडौं।आफ्नो यौन जीवन रोमाञ्चक होस् भन्ने चाहना सबैलाई हुन्छ । यौन जीवनका सुरुवातमा भरपुर आनन्द भए पनि समयसंगै फिका हुँदै गएको पाइन्छ।

 

 

तपाईको यौन जिवनलाई सधै एकनास बनाउन सन्तुलित खानपान, सक्रिय जीवनशैली तथा सही मानसिक स्वास्थ्यले तपाइँको यौन जीवन राम्रो बनाइदिन सक्छन्। तर पनि यी खास खानेकुरा छन् जो प्राकृतिक रूपमै यौनशक्तिवर्द्धक छ।

 

 

 

चकलेट– चकलेटमा एन्टीअक्सिडेन्ट तत्त्व पाइन्छ जो मुटुका लागि निकै लाभदायी हुन्छ। चकलेटको सेवनले शरीरबाट ‘मूड’ जगाउने रसायनको उत्पादन हुन्छ। जसका कारण मानिसमा यौनेच्छा प्रकट हुन्छ।

 

 

खुर्सानी–खुर्सानीले शरीरभित्रका अत्यावश्यक (आनन्द अनुभूति गराउने तत्व)को निष्कासन सक्रिय पार्छ।खुर्सानीका कारण शरीरको ‘इन्डोफिर्न हर्मोन’ सक्रिय बन्दछ । यसबाट  शरीरमा पसिना छुट्ने र मुटुको गति पनि बढ्छ। यसबाट यौनक्रिडाका लागि आवश्यक क्षेत्रमा रक्तप्रवाह बढ्छ।

 

 

 

बदाम– बदाममा हुने फ्याटी एसिडले पुरुषहरुमा हार्मोन उत्पादनमा मुख्य भूमिका खेल्छ। काँचो बदाम खाँदा अझै बढी फाइदा हुन्छ।

 

 

 

ओयस्टर–ओयस्टर यौनवर्द्धकको रूपमा ठानिनुलाई ग्रीक किम्वदन्तीमा प्रेमकी देवी एफ्रोडाइटको उत्पत्ति समुन्द्रमा भएकोसँग जोडेर हेरिन्छ । शायद इतिहासकै सबभन्दा प्रख्यात प्रेमी क्यासानोभाले बिहानी नास्तामा ५० वटा ओयस्टर खान्थे भनिन्छ।

 

 

ओयस्टरमा प्रशस्त जींक तत्व पाइन्छ जुन् टेस्टोस्टेरोन उत्पादनमा अत्यावश्यक हुन्छन्।अनुसन्धानहरूका अनुसार जींकले पुरुषको नपुंसकताको उपचार गर्न तथा वीर्यको गुणस्तर सुधार्न सहयोग पुर्‍याउँछ भन्ने देखाएका छन्।

 

 

 

फर्सीको बियाँ– फर्सीको बियाँमा शरीरमा आवश्यक ‘ट्रिप्टोफ्यान’ नामक एमिने एसिड पाइन्छ। यसले मस्तिष्कमा ‘सेरोटोनिन’ हर्मोन उत्पादन गर्ने र शरीरमा त्यसको प्रसारण गर्न सहयोग गर्छ। जसले यौन क्षमता वृद्धि गर्न महत्त्वपूर्ण भूमिका खेल्छ।

 

 

 

किसमिस–किसमिसले पनि सेक्स ड्राइभलाई बढाउँछ । किसमिसको सेवनबाट कैयौं प्रकारका यौनजन्य समस्या, जस्तै इरेक्टाइल डिसफङ्सन आदिबाट छुटकारा पाउन सकिन्छ। यसले शरीरमा उर्जा बढाउनुका साथै सेक्सको समयमा पनि सहयोग गर्छ।