युरोकपको उपाधि इटालीलाई, इंगल्याण्ड पेनाल्टी सुटआउटमा पराजित

काठमाडौं। इटालीले इगंल्याण्डसँगको ३४औं पटकको प्रतिस्पर्धामा उसकै गृह मैदानमा पराजित गरी युरोकप जित्न सफल भएको छ।

 

सोमबार बिहान भएको युरोकप फुटबलको फाइनलमा इटलीले पेनाल्टी सुट आउटको माध्यमबाट उपाधि जितेको थियो।

 

 

इगंल्याण्ड र इटाली दुबै पक्षबाट एक एक गोल भई बराबरीको स्थितिमा रहेको खेललाई पेनाल्टी सुट आउटद्वारा छिनोफानो गरिएको थियो।

 

 

इटालीले इगंल्याण्डलाई पेनाल्टी सुटआउटमा २ गोलका विरुद्ध ३ गोलले जितेको थियो। यसरि घरेलु टिम ५५ वर्षपछि पहिलो पल्ट अन्तर्राष्ट्रिय प्रतियोगिताको उपाधि जित्ने अवसरबाट चुकेको छ।

 

 

इगंल्याण्डले सन १९६६ मा विश्कप फुटबल जितेपछि अन्तराष्ट्रिय फुटबल प्रतियोगिता जित्न सकेको थिएन।

 

 

इटालीले भने सन १९६८ पछि दोस्रो पटक युरोकप जित्न सफल भएको छ। यसैगरी सन २००६ मा विश्वकप फुटबल जितेपछि इटालीले जितेको यो अर्को महत्वपूर्ण उपाधि हुन पुग्यो।

 

 

यसअघि सो खेल सुरु भएको दोस्रो मिनेटमै इंगल्याण्डले गोलगरी अग्रता लिएको थियो भने खेलको ६७ औं मिनेटमा ईटलीले गोल फर्काएको थियो।