रजनीकान्तले लिए राजनीतिबाट सन्यास

भारत । साउथका सुपरस्टार रजनीकान्तले राजनीतिबाट सन्यास लिएका छन् । उनले, सोमबार राजनीतिक पार्टी ‘रजनी मक्कल मन्द्रम’ विघटन गरेका हुन् ।

 

रजनीकान्तले भविष्यमा राजनीतिमा फर्किने आफ्नो कुनै पनि सोच नभएको बताएका छन् । उनले, यो फैसला पार्टीका सबै नेताहरुसँग छलफल गरेपछि लिएको भारतीय मिडियाले उल्लेख गरेका छन् ।

 

रजनीकान्तको नयाँ संगठनले अब ‘रजनी फ्यान क्लब एसोसिएसन’को नामबाट जनताको सेवा गर्नेछ । रजनीकान्तले गत बर्षको डिसेम्बर २९ मा आफ्नो स्वास्थ्य अवस्थाका कारण चुनावी राजनीतिबाट आफूलाई टाढा राख्ने निर्णय लिएका थिए ।

 

उनले, सो समयमा एक पत्र लेख्दै राजनीतिमा नउत्रिएपनि जनताको सेवा भने निरन्तर गर्ने उल्लेख गरेका थिए । उनले, यो फैसलाबाट आफ्ना फ्यानहरु निराश भएपनि आफूलाई माफ गरिदिन आग्रह गरेका छन् । रजनीकान्त केही दिन अगाडि मात्र अमेरिकामा उपचार गरेर फर्किएका थिए । उनलाई डाक्टरले एक्सनका दृश्य नगर्न सुझाव दिएका छन् ।