आज मिति २०७८ साल असार ३० गते बुधबार पशुपतिनाथको दर्शन गरि आजको राशिफल पढ्नुहोस्

मेष चू,चे,चो,ला,लि,लू,ले,लो,अ- साथिभाई तथा आफ्नो बिषेश मान्छेसँग दिनभर मिठा मिठा कुरा गरेर समय ब्यातित हुँने हुँदा मन खुसि रहनेछ । सवारि साधन,भौतिक सम्पति तथा आकस्मिक धनसम्पति लाभ हुनेछ । चिठ्ठा पर्ने तथा बिषेश मानिसबाट उपाहार पाईने अधिक सम्भावना रहेकोछ । पढाई लेखाईमा मन जाने हुनाले भनेजस्तो नतिजा हात पार्न सकिनेछ । बौद्धिक क्षेत्र फराकिलो हुनेछ भने बौद्धिकताको प्रयोग मार्फन आम्दानि बढाउँन सकिनछ ।

 

 

 

बृष ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो- औषधीजन्य तथा खाद्यान्नसँग सम्बन्धीत सामानको उत्पादन तथा व्यापार व्यावसाय फस्टाएर जानेछ भने अन्य क्षेत्रमा गरिएको लगानीमा मन्दि आउनेछ । सवारी साधन तथा भौतिक सम्पतीको प्रयोग गर्दा ध्यान दिनुहोला । बाहिरी वातावरण तथा मौसमको ख्याल गर्नुहोला स्वास्थ्यमा समस्या आउन सक्छ ।

 

 

 

मिथुन का,की,कू,घ,ङ,छ,के,को,हा- अध्ययन तथा अनुशन्धानको क्षेत्रमाा दिईएको समयबाट भनेजस्तो नतिजा नआउने हुँदा मन चिन्तित हुनेछ । सानो कामलाई पनि प्रशस्त समय दिनु पर्दा दैनिक कामहरु प्रभावित हुनेछन् । व्यापार व्यावसायमा प्रशस्त समय दिएपनि आम्दानि कम हुनेछ भने उठ्नु पर्ने रकम नउठ्नाले नयाँ काम गर्ने अवसरबाट टरेर जानेछ । अप्रिय समाचारले निरास बनाउनेछ भने माया प्रेममा मनमुटाब बढ्ने योग रहेकोछ ।

 

 

 

कर्कट ही,हू,हे,हो,डा,डी,डु,डे,डो- गित संगित तथा कला साहित्यमा समय लगानि गर्नेहरुका लागि आजको दिन उत्तम रहेको छ । पारिवारिक जमघटमा सहभागि भई मिष्टान्न भोजन ग्रहण गर्ने अवसर मिल्नेछ । कुटुम्बसँगको सम्बन्धमा नयाँ आयामको बिकास हुनेछ । बिद्या तथा प्रतिश्पर्धामा अरुलाई हराई नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ । दैनिक उपभोग्य बस्तु ,औषधी तथा अनलाईनबाट सप्लाई हुने सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ ।

 

 

 

सिंह मा,मी,मू,मे,मो,टा,टी,टू,टे- कन्भिन्स गर्ने पावर बढ्ने हुँनाले अरुलाई सजिलै प्रभावमा पारेर काम लिन सकिनेछ । कलात्मक तथा सिर्जनात्मक कामबाट सकारात्मक नतिजा निकाल्न सकिनेछ भने गित संगित तथा चलचित्र क्षेत्रमा समय दिनेहरुका लागि फरक बिषयबस्तुमा भुमिका निर्बाह गर्नुपर्ने हुँनसक्छ । खोज तथा अनुशन्धानको क्षेत्रमा थोरै समय लगानि गर्दानि उत्कृष्ट नतिजा आउँदा खुसिले उँचाई नाघ्नेछ ।

 

 

 

कन्या टो,पा,पी,पू,ष,ण,ठ,पे,पो- औषधीजन्य तथा खाद्यान्नसँग सम्बन्धीत सामानको उत्पादन तथा व्यापार व्यावसाय फस्टाएर जानेछ भने अन्य क्षेत्रमा गरिएको लगानीमा मन्दि आउनेछ । बाहिरी वातावरण तथा मौसमको ख्याल गर्नुहोला स्वास्थ्यमा समस्या आउन सक्छ । तरपनि बिद्या तथा प्रतिश्पर्धामा प्रतिश्पर्धिहरुलाई हराउँदै चाहेको गन्तब्यमा पुग्न सकिनेछ ।

 

 

 

तुला रा,री,रु,रे,रो,ता,ती,तू,ते- माया प्रेमको बन्धन कसिलो हुँनुको साथै दाम्पत्य जिबन सुखि रहनेछ । ईच्छित चाहानाहरु पुरा हुनेछन् भने सवारि साधन प्राप्तिको योग रहेको छ । दैनिक उपभोग्य बस्तु ,औषधी तथा अनलाईनबाट सप्लाई हुने सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ । प्राकृतिक स्रोतको साधन जस्तै खनिज पदार्थ,धातु तथा पानिसँग सम्बन्धित बस्तुहरुको कारोबारबाट प्रसस्त फाईदा हुनेछ ।

 

 

 

बृश्चिक तो,ना,नी,नू,ने,नो,या,यी,यू- काम गर्ने सवालमा सहकर्मिहरुबाटनै असहयोग हुने हुँदा काम बिग्रने तथा मान सम्मानमा दाग दाग्न सक्छ ध्यान दिनुहोला । घर परिवार भित्रकै मानिसहरुले तपाईको नराम्रो कुराहरुको प्रचारबाजी गर्दै हिड्नेछन् । अध्ययन अध्यापनमा प्रशस्त समय खर्चिय नतिजा आफैतर ल्याउँन सकिनेछ । व्यापार व्यावसायमा लगानि गरि नाँफा कमाउँन केहि समय पर्खनु पर्नेछ भने गरिरहेको कामलाई निरन्तरता दिन सकिनेछ ।

 

 

 

धनु ये,यो,भा,भी,भू,ध,फा,ढा,भे- लगनशिल तथा मेहनेतले चाहेको उपलब्धि हासिल हुँनेछ । खोज तथा अनुशन्धानमा समय लगानि गर्नेहरुले राम्रो नतिजा हात पार्न सक्ने योग रहेकोछ । पढाई लेखाईमा अरुदिन भन्दा सुधार भएर जानेछ । कुनै पनि क्षेत्रमा आउने प्रतिष्पर्धिहरुलाई सजिलै हराउन सकिनेछ । माया प्रेममा एक अकासँग नजिक हुने समय रहेकोछ।

 

 

 

मकर भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी- घर परिवार तथा बिशेष गरि दिदि बहिनी सँग मनमुटाब बढ्ने योग रहेकोछ । भौतिक तथा सवारि साधन प्रयोग गर्दा ख्याल गर्नुहोला अप्रिय घट्ना नघट्ला भन्न सकिन्न । खानपान तथा बाहिरी बाताबरणको ख्याल गर्नुहोला स्वास्थ्यमा समस्या आई काम गर्न असजिलो महशुष हुनेछ । माया प्रेममा सामान्य मनमुटाब हुँने तथा नचाहादा नचाहादै छुट्टिनु पर्ने बाध्यता आउँनेछ । पढाई लेखाईमा मन नजाने हुँनाले नतिजा अरुकै पोल्टोमा पर्नेछ ।

 

 

 

कुम्भ गू,गे,गो,सा,सी,सू,से,सो,दा- आज गरिने सकारात्मक प्रयासहरु सफलता पुर्वक सम्पन्न हुनेछन् । औषधीजन्य तथा खाद्यान्नसँग सम्बन्धीत सामानको उत्पादन तथा व्यापार व्यावसाय फस्टाएर जानेछ भने अन्य क्षेत्रमा गरिएको लगानीमा मन्दि आउनेछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना भनाई वा लेखहरु जनमानसमा लैजान सकिनेछ ।

 

 

 

मीन दी,दू,थ,झ,ञ,दे,दो,चा,ची- मामा तथा मावलि पक्षसँग कुनैपनि काम गर्दा सन्तुलित व्याबहार गर्नुहोला दैनिक काम गर्दा मनमुटावको अवस्था सिर्जना हुँनेछ । तपाईको खुट्टा तान्ने मानिसहरु हावि हुँने तथा सत्रुहरु सलबलाउँनेछन् । न्यालयसँग सम्बन्धित काम गर्दा ध्यान दिनुहोला अनाबस्यक मुद्दा मामिला आईलाग्नेछन् । खानपानमा ध्यान नदिए स्वास्थ्य सम्बन्धि समस्या आई खर्च बढ्ने योग रहेकोछ ।