अष्ट्रेलियाको सिड्नी शहरलगायतका क्षेत्रमा पुनः लकडाउन

सिड्नी । अष्ट्रेलियाको सिड्नी शहरलगायत क्षेत्रमा पुनः लकडाउन लम्ब्याइएको छ । दोस्रो लहरको कोरोना संक्रमण नियन्त्रणमा नआएकोले पुनः लकडाउन लम्ब्याएको हो ।

 

न्यू साउथ वेल्स राज्यभर नै थप दुई साता लकडाउन थपिएको छ । न्यु साउथ वेल्स राज्यमा दोस्रो लहर सुरु भएपछि हालसम्म ८६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । एक जनाको मृत्यु भैसकेको छ । सिड्नीकी वृद्ध महिलाको उपचारका क्रममा मृत्यु भएको हो ।

 

पछिल्लो समय न्यू साउथ वेल्समा ९७ जनामा संक्रमण पुष्टि भएको छ । हालसम्म यो राज्यमा ७० जना बिरामी अस्पतालमा भर्ना भएका छन् ।