यातायातमा भाडा वृद्धि अविलम्ब खारेज गर्न माग गर्दै अखिल(क्रान्तिकारी)का अध्यक्ष हरिकृष्ण गजुरेलद्धारा प्रेसविज्ञप्ति जारी

काडमाडौं। नेकपा क्रान्तिकारी माओवादी निकट अखिल क्रन्तिकारीले नेपाल सरकार, यातायात व्यवस्था विभागले यात्रुवाहक गाडी र मालबाहक गाडीमा भारी मात्रामा भाडा बढाएको भन्दै विज्ञप्ति मार्फत विरोध जनाएको छ ।

 

 

यात्रुबाहक गाडीमा २८ प्रतिशत, तराईको बाटोमा सञ्चालन हुने मालबाहक गाडीमा २६ प्रतिशत र पहाडी बाटोमा सञ्चालन हुने मालबाहक गाडीमा २० प्रतिशत भाडा बढाइनुले आम जनताको जीवनस्तरमा कहालीलाग्दो अवस्था सिर्जना हुने भन्दै विरोध जनाएको छ।

 

 

यसरी यात्रुबाहक गाडी र मालबहाक गाडीमा गरिएको भाडावृद्धि अविलम्ब खारेजीको माग गर्दै वैज्ञानिक भाडादर कायम गर्न नेपाल सरकार र यातायात व्यवस्था विभागलाई अखिल (क्रान्तिकारी)ले तुरुन्त फिर्ता लिन प्रेसविज्ञप्ति मार्फत चेतावनी दिएको छ।