अष्ट्रेलियन टेनिस स्टार एलेक्स डे मिनरले टोकियो ओलम्पिक नखेल्ने

 

काठमाडौँ । अष्ट्रेलियन टेनिस स्टार एलेक्स डे मिनरले टोकियो ओलम्पिक नखेल्ने भएका छन् । कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि उनी अष्ट्रेलियन ओलम्पिक टिमबाट बाहिरिएका हुन् ।

 

अष्ट्रेलियन ओलम्पिक कमिटीले शुक्रबार उनी ओलम्पिक टोलीबाट बाहिरिएको बताएका हुन् ।

 

ओलम्पिक कमिटीका प्रमुह चेस्टरम्यानले एलेक्स ओलम्पिक टोलीबाट बाहिरिनु दुखद् समाचार भएको प्रतिक्रिया दिएका छन् । ‘ओलम्पिकमा अष्ट्रेलियाको प्रतिनिधित्व गर्नु एलेक्सको सानैदेखिको सपना थियो । तर, उनले टोलीलाई शुभकामना व्यक्त गरेका छन् ।’ चेस्टरम्यानले भने ।

 

एलेक्सबाहेक ओलम्पिकमा सहभागी हुने अरू अष्ट्रेलियन खेलाडीहरूको कोरोना रिपोर्ट भने नेभेटिभ आएको छ ।