अल्लु अर्जुनकी ४ वर्षीया छोरीले फिल्ममा डेब्यु गर्दै

एजेन्सी । साउथ स्टार अल्लु अर्जुनकी ४ वर्षीया छोरीले फिल्ममा डेब्यु गर्ने भएकी छिन् । अल्लु अर्जुनले शुक्रबार सामाजिक सञ्जालमार्फत उनकी ४ वर्षीया छोरी आर्हाले फिल्ममा डेब्यु गर्न लागेको जानकारी दिएका हुन् ।

 

आर्हाले ‘शकुन्तलम’ फिल्ममा डेब्यु गर्न लागेको उनले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् । उनले छोरीलाई यो अवसर प्रदान गरेकोमा गुनाशेखर गारू र निलिमागुना गारूलाई धन्यवाद समेत दिएका छन् ।

 

दक्षिण भारतीय फिल्ममा अल्लु अर्जुनका पछिल्लो तीन पुस्ताले अभिनय गरिरहेका छन् । अल्लु अर्जुनका हजुरबुबा, बुबा र उनी सहित तीन पुस्ता साउथ फिल्ममा देखिएका थिए भने उनकी छोरीको डेब्युसँगै ४ पुस्ताले साउथ फिल्मको स्टेज पाउने पक्का भएको छ ।