प्रेम आलेसहित ओली पक्षका यी सांसदले दिए देउवालाई विश्वासको मत

काठमाडौं। नेकपा एमालेका सांसद प्रेम आलेले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका छन् ।

 

 

आलेलेसँगै किसान श्रेष्ठ, गोपाल बमलगायतले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएको नेपाल पक्षका सांसद मेटमणी चौधरीले बताए । उनीहरु एमालेको केपी शर्मा ओली निकट नेता मानिन्छन् ।

 

 

 

प्रतिनिधि सभामा आइतबार प्रधानमन्त्री देउवाले राखेको विश्वासको प्रस्तावमाथि मतदान हुँदा उनले पनि पक्षमा मत दिएका हुन्।

 

 

 

ओली पक्षले प्रधानमन्त्री देउवालाई विश्वासको मत नदिने निर्णय गरेको थियो। आइतबारै बसेको स्थायी कमिटी बैठकपछि प्रवक्ता प्रदीप ज्ञवालीले देउवालाई मत दिनेहरु एमालेमा नरहने बताएका थिए।

 

 

माधव नेपाल पक्षका केही सांसदहरु भने संसद भवनबाट बाहिरिएका छन् ।