देशभर थप २ हजार ४४५ जनामा कोरोना संक्रमण पुष्टि, ३२ जनाको मृत्यु

काठमाडौँ । आज देशभर थप २ हजार ४४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ८३३ जनामा गरिएको पीसीआर परीक्षणमा १ हजार ६४२ जना र ३ हजार ८३१ जनामा गरिएको एन्टिजेन परीक्षणमा ८०३ जना गरी २ हजार ४४५ जनामा संक्रमण पुष्टि भएको हो ।

 

देशभर पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट निको हुनेको संख्या १ हजार २५८ रहेको छ भने कोरोना संक्रमणबाट ३२ जनाको मृत्यु भएको छ ।