सुनको भाउ ६ सय रुपैयाँले घट्यो

काठमाडौँ । आतबार र समोबार लगातार बढेको सुनको भाउ मंगलबार भने घटेको छ । आज सुनको भाउ तोलामा ६ सय रुपैयाँले घटेको हो ।

 

सोमबार प्रतितोला ९३ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मुल्य मंगलबार तोलामा ६ सय रुपैंयाले घटेर प्रतितोला ९३ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

 

त्यस्तै, तेजावी सुनको मुल्य पनि घटेर प्रतितोला ९२ हजार ७ सय रुपैयाँ कायम भएको छ । यता चाँदीको मुल्य पनि प्रतितोला १५ रुपैयाँ घटेर रु १२८० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।