मंगलबार थप ३ हजार १०८ जनामा कोरोना संक्रमण पुष्टि, २५ जनाको मृत्यु

काठमाडौँ । आज देशभर थप ३ हजार १०८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार १३५ जनामा नमुना परीक्षण गर्दा ३ हजार १०८ जनामा संक्रमण पुष्टि भएको हो ।

 

देशभर पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट निको हुनेको संख्या १ हजार ५९५ रहेको छ । त्यस्तै कोरोना संक्रमणबाट २५ जनाको मृत्यु भएको छ । यी सहित हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार ६०७ पुगेको छ।