बाजुराको हिमाली गाउँपालिका ७ मा कांग्रेसको १५ सदस्यीय टोल कार्यसमिति गठन

बाजुरा। बाजुरा जिल्लाको हिमाली गाउँ पालिका वडा नं .७ बाँधु माथिल्लो गाउँमा टोल कार्यसमिति गठन भएको छ ।

 

 

नेपाली काङ्ग्रेसको भदौ १६ देखि १९ मा हुने केन्द्रीय महाधिवेशनलाई मध्यनजर गर्दै देशैभर काङ्ग्रेस महाधिवेशनमा जुटिरहेको छ ।

 

 

बाँधु वडा कार्यसमिति सभापति दिपचन्द्र उपाध्यायको अध्यक्षतामा बसेको बैठकले नरदिप तिमिल्सिना सभापति रहनेगरी काङ्ग्रेसको बिधान अनुसार १५ सदस्यीय टोल कार्यसमिति गठन गरेको छ ।

 

 

आमन्त्रित जिल्ला कार्यसमिति सदस्य कपुर अधिकारी, आमन्त्रित जिल्ला कार्यसमिति सदस्य काली प्रसाद तिमिल्सिना र महिला संघ जिल्ला कार्यसमिति सदस्य दानादेवी उपाध्यायको समेत उपस्थिति रहेको नेसनपाटिलाई जानकारी प्राप्त भएको छ ।

 

कार्यसमिति सदस्य निम्नानुसार छन् 

 

१-सभापति -नरदिप तिमिल्सिना

२-उपसभापति- विष्णुदेवी उपाध्याय

३-उपसभापति- रत्नाखर उपाध्याय

४-सचिव -प्रेमबहादुर अधिकारी

५-सचिव- विष्णुप्रसाद तिमिल्सिना

६-कोषाध्यक्ष – पन्दा बोल्ने

७-सदस्य -मीम बहादुर शाही

८- रमा उपाध्याय

९- जवरसिं कार्की

१०- लक्ष्मी खत्री

११- कला तिमिल्सिना

१२- खडक उपाध्याय

१३- नन्दा तिमिल्सिना

१४- पूर्व सार्की

१५- गंगादत्त तिमिल्सिना