कैलालीमा लागुऔषधिसहित दुई जना पक्राउ

कैलाली । कैलाली प्रहरीले लागुऔषधिसहित दुई जनालाई पक्राउ गरेको छ। जिल्लाको धनगढी र भजनीबाट मंगलबार लागुऔषधिसहित दुई जना लाई पक्राउ गरेको हो ।

 

 कञ्चनपुरको पुर्नसवास नगरपालिका–११ का २२ वर्षीय केसर राई र भजनी नगरपालिकाका – ८ चर्राका ३० वर्षीय दिनेश चमारलाई पक्राउ गरेको  जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

 

राईको साथबाट लागुऔषधि नाइट्राभेट–३० ट्याब्लेट र स्पास–१६ ट्याब्लेट फेला परेको हो,भने चमारको साथबाट ५ ग्राम खैरो हेरोइन नामक लागुऔषध बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।