ओलीले पठाए २२ सांसदलाई २४ घण्टे स्पष्टीकरण पत्र

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फ्लोर क्रस गर्ने २२ सांसदलाई स्पष्टीकरण पत्र सोधिएका छन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीका रूपमा विश्वासको मत हालेका २२ सांसदलाई स्पष्टीकरण सोधिएको हो।

 

स्पष्टीकरण पत्रमा ५ गतेको मिति राखेर आज मात्रै पठाइएको छ।

 

पार्टीको हितविपरीत विभिन्न भेला गरेको, गुटगत गतिविधि संचालन गरेको र विपक्षी गठबन्धनमा सामेल भई अपराधजन्य निर्णय गरेको भन्दै अध्यक्ष केपीशर्मा ओलीले स्पष्टीकरण सोधेका हुन् ।