भीम रावललाई फकाउन माधव नेपाल टोखामा

काठमाडौँ । नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाल पार्टी उपाध्यक्ष भीम रावललाई भेट्न उनको निवास टोखा पुगेका छन् ।

 

बुधबार आफूपक्षीय नेताहरुको स्थायी कमिटी बैठकमा रावल नआएपछि नेता नेपाल उनलाई भेट्न निवासमै पुगेका हुन् ।

 

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीको रुपमा विश्वासको मत लिने केहि समय अघि अथात् साउन ३ गते रावलले सांसद पदबाटै राजीनामा दिएका थिए।