ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

कैलाली । बझाङमाट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको बुंगल नगरपालिका–२ गिरौँमा ट्याक्टर दुर्घटना हुँदा सोही गाउँका ४५ वर्षीय मान बहादुर धामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी निरीक्षक कमल चौधरीले जानकारी दिए ।

 

मङ्गलवार राति ८ बजेतिर कालंगा हाइड्रोपावरको सुरुङ निर्माणको लागि बालुवा लोड गर्ने क्रममा रोकेर राखेको ट्याक्टर अचानक गुडेपछि च्यापिएर घाइते भएका हाइड्रोपावरमा कार्यरत धामीको उपचारको क्रममा मृत्यु भएको चौधरीले बताए ।

 

कञ्चनपुरको झलारी घर भएका २६ वर्षीय ट्याक्टर चालक धर्मराज चौधरीलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको उनले बताए ।