यातायात व्यवसायीले यी माग राख्दै गरे उपत्यकामा विरोध प्रदर्शन

काठमाडौं। काठमाडौं उपत्यकामा यातायात व्यवसायीले विरोध र्‍याली गरेका छन् । भाडा समायोजन र कोरोनाविरुद्धको खोप माग गर्दै गाडीसहित आज बिहिबारउनीहरुले र्‍याली निकालेका हुन् ।

 

 

 

इन्धनको भाउ बढे पनि गाडी भाडा समायोजन नगरेको उनीहरुको गुनासो छ । यस्तै, कोरोनाको जोखिमका कारण भएको निषेधाज्ञाले समस्यामा परेका व्यवसायीलाई सरकारले राहतको व्यवस्था नगरेको उनीहरुले बताएका छन् ।

 

 

 

उनीहरुले गाडीको बिमा छुट, नवीकरण र जरिवाना छुट तथा कोरोना विरुद्धको खोप दिनु पर्ने लगायतका माग राखेका छन् ।