नेपालमा थप २७१४ जनामा कोरोना संक्रमण पुष्टि,थप २४ जनाको मृत्यु

काठमाडौं। नेपालमा थप २७ सय १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। विभिन्न प्रयोगशालामा गरिएका १२ हजार ८२९ नमूना परीक्षणमा २७ सय १४ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

 

 

९१ सय २२ नमूनाको पीसीआर र ३७ सय ७ नमूनाको एन्टिजेट विधिबाट परीक्षण गरिएकोमा पीसीआरबाट १८ सय ५५ र एन्टिजेन विधिबाट ८५९ जनामा संक्रमण देखिएको हो।

 

 

यस्तै पछिल्लो २४ घन्टामा १२ सय ८८ जना स्वास्थ्य लाभ गरी घर फर्किएका छन्। निको हुने यो दर ९४।५ प्रतिशत हो। यस्तै बिहीबार कोरोनाबाट थप २४ जनाको मृत्यु भएको छ। योसहित नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार ६६१ पुगेको छ।