काठमाडौंमा भूकम्पको धक्का महसुस

काठमाडौं । काठमाडौं उपत्यकामा शुक्रबार बिहान भूकम्पको धक्का महसुस गरिएको छ। बिहान ७ बजेर ५ मिनेटमा भक्तपुरको सल्लाघारी केन्द्रविन्दु बनाएर भूकम्पको गएको हो।

 

बिहान ७ बजेर ५ मिनेटमा राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भक्तपुरको सल्लाघारी नजिक केन्द्रविन्दु भएर भूकम्प गएको हो ।

 

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार उक्त भूकम्प ३।५ म्याग्नेच्युडको थियो।