तनाव भएको बेला त्यस्ता खाने कुरा रोक्नस् ? जसले गर्दा तपाईको तनाव हट्छ !

काठमाडौँ । तनाव भएका बेला के खाने वा के नखाने भन्ने हामी सबैलाई जानकारी नहुन सक्छ । तनाव कुनै एक कारणले मात्र हुँदैन । ससाना कुरालाई पनि धेरै सोच्ने, निद्रामा असन्तुलन र अस्वस्थ खानपानका कारण मानिस तनावमा देखिन्छ । तनावबाट बच्नका लागि मनोचिकित्सा सेवा र औषधिको प्रयोग गर्न सकिन्छ ।

निद्रा समयमै सुत्ने र समयमै उठ्ने, पोषणयुक्त खानेकुरा खाने र दैनिक व्यायाममा ध्यान केन्द्रित गर्न सकेमा तनावबाट बच्न सकिन्छ । कतिपय अवस्थामा तनाव बढाउने काम खानेकुराले पनि गर्छ । आज हामीले तनाव भएका बेला खान नहुने खानेकुरा बारेमा जानकारी प्रस्तुत गर्दैछौं ।

 

१.परिष्कृत कार्बोहाइड्रेट
कार्बोहाइड्रेट हाम्रो शरीरका लागि अति आवश्यक तत्त्व हो । प्रशोधन गरिएको कार्बोहाइड्रेट शरीरका लागि हानिकारक मानिन्छ । हामीले प्राकृतिक रूपमा कार्बोहाइड्रेटको सेवन गरेमा शरीरले सजिलै पचाउन सक्छ ।

 

प्रशोधन गरेर बनाएको मैदा, सोडा, पिज्जा, पास्ता, पेस्ट्री, सेतो चामल लगायत खानेकुराहरूले तनाव बढाउँछन् । रगतमा सुगरको मात्रा बढ्दा तनाव पनि सँगसँगै बढ्ने चिकित्सकहरूले बताएका छन् ।

 

२.चिनी

प्रशोधित कार्बोहाइड्रेट जन्य खानेकुराको सेवन बाट तनाव बढ्ने कुरा थाहा पाइसकेपछि सुगर धेरै भएका खानेकुराको सेवनले तनावलाई बढवा दिने कुरा असामान्य होइन ।

 

सुगरको मात्रा धेरै भएका खानेकुराको सेवनले हाम्रो शरीरमा सङ्क्रमणको खतरा बढ्ने चिकित्सकहरूले पत्ता लगाएका छन् । अत्यधिक सुगरका कारण हाम्रो मस्तिष्कलाई समेत सङ्क्रमणको जोखिम हुन्छ । जसले मानसिक तनाव निम्त्याउँछ । एक अध्ययनका अनुसार तनावमा फसेका मानिसहरूमा ३० प्रतिशत सङ्क्रमणको सम्भावना बढेर जान्छ ।

 

३.जङ्क फुड

हामी शरीर कमजोर हुँदा रेडबुल, कोक, फ्यान्टा, पेप्सीलगाएत विभिन्न प्रकारका क्यान्ड पेय पदार्थको सेवन गर्छौ । तर त्यस्ता प्रकारका खानेकुराले तनाव निम्त्याउँछन् । प्रशोधन गरिएका खानेकुराहरूमा प्रिजर्भे्टिभ प्रयोग गरिएको हुन्छ । जसले हाम्रो शरीरमा भएका गन्थ्रीमा नकारात्मक असर पर्छ । हार्मोनहरुमा उत्पन्न हुने नकारात्मक प्रभावले तनाव बढाउँछ ।

 

४.अप्राकृतिक चिल्लो पदार्थ

हामीले प्रयोग गर्ने तेल हाइड्रोजेटेड हो । यो तेल प्रशोधन गर्दा रसायन मिसाएर बनाइएको हुन्छ । हामीले तेलमा तारेका खानेकुराहरू खानु स्वास्थ्यका लागी राम्रो हुँदैन । समोसा, चिकेन फ्राई, फ्रेन्स फ्राई लगायत खानाहरूले थप तनाव बढाउन सक्छ ।

 

तनाव कम गर्न प्राकृतिक रूपमा उत्पादन भएका खानेकुराहरूको सेवन गर्नु उत्तम हुन्छ । अर्गा्निक अर्गा्निक स्याउ, केरा, अङ्गुर, नरिवल, मेवा जस्ता फलफुल र गेडागुडीहरू खानु मानसिक तथा शारीरिक स्वास्थ्यका लागि निकै फाइदा जनक छ ।