भीम रावलले फिर्ता लिए सांसद पदबाट दिएको राजीनामा

 

काठमाडौँ । पूर्वमन्त्रीसमेत रहेका नेकपा एमालेका उपाध्यक्ष भीम रावलले सांसद पदबाट दिएको राजीनामा फिर्ता लिएका छन् । यहि साउन ३ गते प्रतिनिधि सभा सदस्यबाट राजीनामा दिएका रावलले आज शुक्रबार फिर्ता लिएका हुन्।

 

आक्रोसमा आएर सांसद पदबाट राजीनामा दिएका उनको सभामुख अग्निप्रसाद सापकोटाले स्वीकृत गरिसकेका थिएनन्।

 

नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिनुअघि रावलले राजीनामा दिएका थिए।