प्रतिनिधिसभा बैठक सुरु

काठमाडौँ । प्रतिनिधिसभाको बैठक सुरु भएको छ । शुक्रबार दिउँसो १ बजेपछि प्रतिनिधिसाभा बैठक सुरु भएको हो ।

 

प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत प्राप्त गरेपछि पहिलोपटक आज बैठक बसेको हो ।

 

देउवाले साउन ३ गते प्रतिनिधि सभाबाट विश्वासको मत पाएका थिए । उनलाई नेकपा एमालेका २२ सांसदसहित १६५ जनाले विश्वासको मत दिएका थिए।