प्रधानमन्त्रीको लोभ त्यागेर जनताको सेवामा लाग्न प्रचण्ड र नेपाललाई मोहन वैद्यको सुझाव

काठमाडौं । नेकपा (क्रान्तिकारी मोओवादी)का महासचिव मोहन वैद्य ‘किरण’ ले संसद र सरकारमा रहेका कम्युनिष्टहरु मिलेर जानुपर्ने बेला आएकाे बताएका छन्।

 

 

 

४३ औं पुष्पलाल स्मृति दिवसको अवसरमा आयोजित नेपाली कम्युनिष्ट आन्दोलनको वर्तमान संकट र आगामी बाटो विषयक प्रवचन कार्यक्रममा महासचिव वैद्यले यस्तो बताएका हुन् ।

 

 

नेपालमा क्रान्तिकारी धारका पार्टीहरु एक हुनुपर्ने बेला आएको बताउँदै उनले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई प्रधानमन्त्रीको लोभ त्यागेर जनताको सेवामा लाग्न सुझाव दिनुएकाे छ।

 

 

 

सरकार, संसद र सडकमा भएका कम्युनिष्टहरु एक ठाउँमा उभिनु पर्ने भन्दै उनले सडकमा भएका कम्युनिष्टहरुलाई दमन गरेर जान उपयुक्त नहुने बताए ।

 

 

 

केपी शर्मा ओलीको कार्यशैली स्वेच्छाचारी देखिएको भन्दै नेता वैद्यले यस्तो बुद्धिले कहिले रेल आउँछ भनेर प्रश्न समेत गरेका थिए ।

 

 

 

ओलीको कार्यशैली संसारमा म भन्दा अर्को कोही छैन भन्ने देखियो । पानीजहाज र रेलका कुरा गर्नुभयो । तर उहाँको कार्यशैली पद र प्रतिष्ठामै अड्कियाे यस्तै बुद्धिले रेल आउँछ र महासचिव वैद्यले प्रश्न गरेका छन्।