प्रधानमन्त्री देउवा र माधव नेपालसँग प्रचण्डको भेट,यी विषयमा गरे छलफल

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड गठबन्धन सरकार बनेदेखि नै निरन्तर दौडधुपमा रहेका छन् । उनले शनिबार प्रधानमन्त्री शेरबहादुर देउवा र एमालेका वरिष्ठ नेता माधव कुमार नेपालसँग छलफल गरेका हुन् ।

 

 

प्रचण्ड र एमाले वरिष्ठ नेता माधव नेपालबीच भेटवार्ता भएको हो । शनिबार बिहान नेपाललाई भेट्न प्रचण्ड उनको निवास कोटेश्वर पुगेका थिए । प्रचण्डले एमाले र सत्तासीन गठबन्धनको दोबाटोमा रोकिएका नेता नेपालसँग करिब एक घण्टा कुराकानी गरेका थिए ।

 

 

सरकार गठन भएको करिब २ हप्ता पुग्नै लाग्दा समेत मन्त्रिमण्डाल विस्तारको काम सकिएको छैन् । प्रचण्ड दौडधुप र सरकारमा मन्त्री थप गर्ने देउवाको तयारी हेर्दा गठबन्धनभित्र असहमति रहेको अनुमान गर्न सकिन्छ ।

 

 

तर गठबन्धनका नेताहरु एमालेको माधव र जसपाको उपेन्द्र पक्षले समय मागेपछि मन्त्रिपरिषद् विस्तारमा ढिलाइ हुन गएको बताउँछन् ।