फुटबलका मुख्य प्रशिक्षक अल्मुताइरीद्धारा राजीनामा घोषणा

काठमाडौं । नेपाली फुटबलका मुख्य प्रशिक्षक अब्दुल्ला अल्मुताइरीले राजीनामा दिने घोषणा गरेका छन् । आइतबार उनले फेसबुकमार्फत् राजीनामा दिने घोषणा गरेका हुन् ।

 

उनले एन्फाका वरिष्ठ उपाध्यक्ष पंकज विक्रम नेम्वाङका कारण राजीनामा दिन लागेको बताएका छन् । कुबेती प्रो–लाइसेन्स प्राप्त अलमुताइरी गत २०७७ सालको चैत महिनामा नेपालको मुख्य प्रशिक्षक नियुक्त भएका थिए ।