देशको धेरै जनसंख्या आफ्नो पक्षमा रहेको ओलीको दाबी
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशको धेरै जनसंख्या आफ्नो पक्षमा रहेको दाबी गरेका छन् । अखिल नेपाल महिला संघको केन्द्रीय कमिटी बैठकलाई भर्चुअल सम्बोधन गर्दे सो कुराको दाबी गरेका हुन् ।
त्यस्तै उनले एमाले कुनै गुण्डा दल नभई परिपक्व राजनीतिक पार्टी भएको बताए । उनले भने, ‘नेकपा कुनै गुण्डा दल होइन, एउटा परिपक्व राजनीतिक पार्टी हो, जसको काँधमा देशको मुहार फेर्ने अभिभारा छ ।’ एमाले वरिष्ठ नेता नेपालले हालै मात्र सुण्डमुसुण्डहरुले आफूलाई तर्साउन खोजेको बताएका थिए ।
नेता नेपालतर्फ संकेत गर्दै अध्यक्ष ओलीले प्रतिक्रियावादीको पुच्छर भएको र आन्दोलनलाई कमजोर बनाउन लागेको आरोप लगाए । अपराध कर्मको नेतृत्व गरिरहेकाहरुको सन्दर्भमा आफूले धेरै भनिरहेको भन्दै ओलीले थप केही नभन्ने बताए ।
पार्टीका केही मानिस प्रतिक्रियावादीका पछि हिँडेर आन्दोलन कमजोर बनाएको उनको भनाइ थियो।