थप २ हजार २३७ जना कोरोना संक्रमीत, निको भए २ हजार ५० जना

काठमाडौं । आइतबार २ हजार २३७ जना कोरोना संक्रमीत थपीएका छन् ।

 

१३ हजार ८३४ नमुनामध्ये पीसीआर परीक्षणबाट १ हजार ५३९ जना र एन्टिजेन परीक्षणबाट ६९८ गरी २ हजार २३७ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

 

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १८ जनाको मृत्यु भएको छ भने २ हजार ५० जना निको भएका छन् ।