आज दिउँसो सुदुरपश्चिम प्रदेशसहित यी स्थानमा भारी वर्षाको सम्भावना,सतर्कता अपनाअउन महाशाखाको अनुरोध

काठमाडौं। जल तथा मौसम विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखाले आजको मौसम बुलेटिन जारी गरेको छ।देशभर मनसुनी वायुको प्रभाव कायमै रहेको महाशाखाले जनाएको छ ।

 

 

 

हाल मौसमको अवस्था देशभर सामान्य देखि पूर्ण बदलीको अवस्था छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदुर पश्चिम प्रदेशका केही तथा अन्य प्रदेशहरुका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा भैरहेको छ।

 

 

आज दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। सुदुरपश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

 

 

 

त्यस्तै आज राती देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।प्रदेश १ का एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

 

 

देशभर धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा तथा प्रदेश १ र सदुर पश्चिम प्रदेशका थोरै स्थानहरुमा भारी बर्षाको संभाबना रहेको हुनाले पहाडी भूभूगमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको हुनाले नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले आवश्यक सतर्कता अपनाअउन हुन अनुरोध छ।