भारतमा ४२ हजार संक्रमित, ६४० संक्रमितको मृत्यु

काठमाडौँ ।  भारतमा थप ४२ हजारमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । तीन महिना अघिसम्म लगातार ४ लाख संक्रमित हुँदै आएकोमा पछिल्लो २४ घण्टामा त्यहाँ ४२ हजार ९२८ जनामा संक्रमण भएको छ ।

 

पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या ३ करोड १४ लाख ८३ हजार ४११ पुगेको छ । भारतमा ४ लाख ५ हजार ९६७ जना संक्रिय संक्रमित छन् ।

 

यस्तै त्यहाँ एकै दिन ६४० संक्रमितको मृत्यु भएको छ । पछिल्लो विवरणसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ४ लाख २२ हजार ५४ पुगेको छ ।