थप ३ हजार ८४० जना कोरोना संक्रमित, ३३ जनाको मृत्यु
काठमाडौँ । बुधबार थप ३ हजार ८४० जना कोरोना संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १० हजार ८८६ नमूना पिसिआर परीक्षण गर्दा २ हजार ६३४ मा संक्रमण देखिएको छ भने एन्टिजेन विधिबाट ४ हजार ९२२ गर्दा १२०६ मा संक्रमण देखिएको छ। कुल १५ हजार ८०८ जनाको नमूना परीक्षण गर्दा सो संख्याका संक्रमित थपिएका हुन्।
पछिल्लो २४ घण्टामा १ हजार ९९३ जना कोरोनाबाट मुक्त भएका छन्। थप ३३ जनाको संक्रमणका कारण मृत्यु भएको मन्त्रालयले जनाएको छ।