सुनको भाउ तोलामा तीन सयले वृद्धि

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । अघिल्लो दिनको तुलनामा सुनको भाउ तोलामा ३०० रूपैँयाले वृद्धि भएको हो ।

 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलाको ९२ हजार ४०० र तेजावी सुनको मूल्य तोलाको ९१ हजार ९०० निर्धारण गरिएको छ ।

 

बुधबार छापावाला सुनको मूल्य ९२ हजार १०० र तेजावी सुनको मूल्य ९१ हजार ६०० कायम भएको थियो ।

 

सुनको मूल्य बढ्दा चाँदीको मूल्य पनि बढेको छ । महासंघका अनुसार आज चाँदीको मूल्य तोलाको १ हजार २७० निर्धारण भएको छ । हिजो चाँदी १ हजार २५५ मा किनबेच भएको थियो ।